बिर्तामोड / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन अन्तरगत नेपाली कांग्रेसका तर्फबाट हल्दीबारी गाउँपालिकाका २ जना वडाअध्यक्ष पदका उम्मेदवारले सरकारी सुविधा नलिने घोषणा गरेको छन् ।

हल्दीबारी गाउँपालिकाका वडा नं २ का  कृष्णप्रसाद प्रसाईं र ४ का  होमप्रसाद चुडालले आफूहरू निर्वाचनमा बिजयी भए सरकारी सेवासुविधा नलिने बताएका हुन् ।

OM Sai Pathibhara Hospital

उनीहरूलाई प्राप्त हुने सेवासुविधाको छुट्टै कोष निर्माण गरी  चुडाल र प्रसाईँले  उक्त सेवासुविधा चुडाल र प्रसाईँले  उक्त सेवासुविधा धार्मिक संघ/संस्था मठमन्दिर, गुरुकुल, विपन्न र अति गरिब, दिनदुःखी विपन्न र अति गरिब, दिनदुःखी, दीर्घ रोगीहरूको  उपचारमा सहयोग गर्ने बताएका छन् ।

राजनीतिक, समाजसेवा र निःशुल्क  सहयोग गर्न लागि आफ्नो उम्मेदवारी भएको उनीहरु दुवै वडाअध्यक्ष पदका उम्मेदवारले बताएका छन् ।