काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी एवं स्वकीय सचिव गङ्गा दाहालले आफ्नो परिवारमाथि लगाइएको ‘५० करोड रुपैयाँ’को आरोपलाई हावादारी हल्ला भन्दै प्रमाणसहित पुष्टि गर्न सार्वजनिक चुनौती दिएकी छन्।

गङ्गाले आफू र आफ्नो परिवार जुनसुकै कानुनी छानबिनका लागि तयार रहेको बताउँदै सरकारसमक्ष सम्पत्ति विवरण बुझाइसकेको दाबी गरेकी छन्। उनले गलत गरेको प्रमाणित भए कानुनअनुसार कारबाही भोग्नसमेत तयार रहेको स्पष्ट पारेकी छन्।

उनका अनुसार यसअघि पनि आफ्नो परिवारसँग ‘दुबईमा ४० अर्ब’ रहेको तथा भाटभटेनीलगायत ठूला व्यापारिक घरानासँग साँठगाँठ रहेको आरोप लगाइएको थियो। ती आरोप पुष्टि हुन नसकेपछि अहिले फेरि ‘५० करोडको हावादारी हल्ला’ चलाइएको उनको दाबी छ।गङ्गाले राजनीतिक प्रतिशोधका कारण नियोजित रूपमा अफवाह फैलाइएको आरोप लगाउँदै भनिन्- ‘आरोप लगाउनेहरूले यसको पुष्टि गर्न सक्छन्  ?’

आफ्नो बाल्यकाल संघर्ष र असामान्य परिस्थितिमा बितेको उल्लेख गर्दै उनले ‘हामी मृत्युवरण गर्छौं तर जनतालाई धोका दिन सक्दैनौँ, यही नै हाम्रो स्कुलिङ हो’ भनेकी छन्।

प्रचण्डकी छोरी भएकै कारण बुवालाई सहयोग गर्नु अपराधजस्तो गरी चित्रण नगर्न आग्रह गर्दै गङ्गाले यस्ता आरोप किन र कुन उद्देश्यले फैलाइन्छन् भन्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएकी छन्।

अब बहसको केन्द्रमा एउटै प्रश्न छ-‘५० करोड’को आरोप लगाउनेहरूसँग प्रमाण छ कि छैन रु गङ्गाले भने आफ्नोतर्फबाट जवाफ दिँदै स्पष्ट पारेकी छन्छा-नबिन गर्नुस्, सत्य प्रमाणित गर्नुस्स गलत भए कारबाही भोग्न तयार छौँ।