बाजुरा / कुकुरलाई हिर्काएको आरोपमा बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । चुनावी प्रचारप्रसारको क्रममा शुक्रबार बुढीनन्दा नगरपालिका- ९ मा दुई पक्षबीच झडप भएको हो ।

एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोप लगाएका छन् । सो क्रममा एकीकृत समाजवादीका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालय पुगेका थिए । उनीहरु प्रहरी कार्यलयमा छिरेपछि कांग्रेस कार्यकर्ताले प्रहरी कार्यालय तोडफोड गरेका छन् ।

OM Sai Pathibhara Hospital

झडपको क्रममा तीन जना प्रहरी र नेपाली कांग्रेसका तीन जना कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताएका घटना नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो ।