बिर्तामोड / आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै बिर्तामोडमा गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) ले चुनावी अभियानलाई तीव्र बनाएको छ । 

बिर्तामोडका सवै वडामा वडा प्रचारप्रसार समितिमार्फत घरदैलो अभियानलाई तीव्रता दिएको गठबन्धनले नगरका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुसँग संयुक्त घरदैलो समेत गरिरहेको छ ।

विहीबार गठबन्धनका नेताहरूले बिर्तामोड –१० को वडा कमिटीसँग घरदैलो अभियान गरेका छन् । घरदैलो कार्यक्रममा गठबन्धन दलका करिब एक सय ५० जना भन्दा बढी नेता तथा कार्याकर्ताहरुको सहभागिता रहेको थियो । 

प्रचारप्रसारको टोलीले वडाको सातडिग्री, पत्थरभिट्टा, कालिमुनी, जर्मनडाडा, शिवालयचोक, तोरीबारी, सैनिक बजारलगायतका मतदातालाई घरदैलो मै पुगेर भेटे मागेका थिए ।