हेटौंडा / स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न पार्टीका नेताले चुनावी प्रतिष्पर्धा गर्न नपाएपछि पार्टी परित्याग गर्ने लहर चलिरहेको समयमा राप्रपाका केन्द्रीय सदस्य मधुप्रसाद अधिकारीले पनि पार्टी परित्याग गरेका छन् । 

हेटौंडाको मेयरमा टिकट नपाएको भन्दै शुक्रबार एक विज्ञप्तिमार्फत उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । 

OM Sai Pathibhara Hospital

पार्टीमा क्रियाशील भएर काम गर्दा समेत उनलाई अवसर नदिइएको उनको गुनासो रहेको छ । गलत प्रवृत्तिसँग  कुनै मूल्यमा सम्झौता नगर्ने दृढताका साथ राप्रपाबाट अलग हुने निर्णय लिएको अधिकारीले बताएका छन् ।