विराटनगर / मोरङको बेलबारी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार बनेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । 

प्रहरीका अनुसार बेलबारी –२ लालभित्तिस्थित आफ्नै घरको आँगनमा पार्किङ गरेर राखेको वा १२ च ९३८४ नम्बरको कारमा बिहीबार राति आगजनी भएको हो । 

OM Sai Pathibhara Hospital

तत्काल आगो नियन्त्रण हुँदा गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा उम्मेदवारी दिएका गौतमले पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार प्रयोग गर्दै आएका थिए ।

प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा सुन्दरहरैंचा नगरपालिका –१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई पक्राउ गरेको छ ।

सिसिटिभीको फुटेजका आधारमा पाण्डेलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । पक्राउ परेका पाण्डे कांग्रेसका स्थानीय कार्यकर्ता हुन् ।