काठमाडौँ /  सत्ता गठबन्धनले आज (शुक्रबार) काठमाडौंमा संयुक्त चुनावी सभा गर्ने भएको छ । गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

काठमाडौं महानगरपालिकामा गठबन्धनबाट काँग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरीबाबु महर्जन उम्मेदवार छन् । उनीहरूलाई मेयरमा जिताउन आह्वान गर्न गठबन्धनका नेताहरूले आज काठमाडौंमा सभा गर्न लागेका हुन् ।

OM Sai Pathibhara Hospital