राजनीति

    Showing 731-740 of 10,298 items.
  • रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

    भरतपुर। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले बिहीबार राति अबेर सूचना जारी गर्दै निर्वाचनका विभिन्न प्रक्रिया र मतदानको समय तोकेको हो ।सार्वजनिक कार्य तालिका अनुसार निर्वाचनका प्रक्रियाहरू बिहीबार राति ११ः४० बजेदेखि नै सुरु भएका छन् । राति ११ः४० देखि ११ः५५ सम्म उम्मेदवारी मनोनयन फाराम वितरण गरिएको थियो भने ११ः५५ देखि शुक्रबार बिहान १२ः२५ सम्म मनोनयन दर्ताको समय तोकिएको थियो । यस्तै बिहान १ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, १ः

    • प्रकाशित मितिः असार १२, २०८३
    • 172 पटक पढिएको
  • रास्वपाको निर्वाचन तालिका फेरि फेरबदल, पदाधिकारीका लागि मध्यरातमा मतदान

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पदाधिकारी चयनको निर्वाचन तालिका पुनः संशोधन गरिएको छ। योसँगै निर्वाचन कार्यतालिका पाँचौं पटक परिवर्तन भएको हो।संशोधित तालिकाअनुसार पदाधिकारी पदका उम्मेदवारहरूको मनोनयन फाराम वितरण साँझ ६:३० बजेदेखि ७ बजेसम्म हुनेछ। प्रारम्भिक उम्मेदवार नामावली साँझ ७:३० बजे सार्वजनिक गरिनेछ भने दाबी–विरोध दर्ता गर्ने समय राति ८ बजेसम्म तोकिएको छ।दाबी–विरोधमाथिको छानबिन सवा ८ बजे सम्पन्न गरिनेछ। उम्मेदवारी फिर्ता लिने अन्तिम समय राति ८:३० बजेसम्म रहनेछ भने अन्तिम उम्मेदवार सूची साँझ ८:४५ बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।निर्वाचन आचारसं

    • प्रकाशित मितिः असार ११, २०८३
    • 197 पटक पढिएको
  • कांग्रेसमा समानान्तर सत्ता केन्द्र! देउवा–शेखरले चुनदेवीमा खोल्दै छुट्टै कार्यालय

    काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको बहस तीव्र बन्दै जाँदा पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले संयुक्त रूपमा छुट्टै सम्पर्क कार्यालय खोल्ने तयारी गरेका छन्। महाराजगञ्जको चुनदेवीमा स्थापना हुन लागेको उक्त कार्यालय महाधिवेशन पक्षधर नेता–कार्यकर्ताको नियमित भेटघाट, छलफल र रणनीतिक गतिविधिको केन्द्र बन्ने बताइएको छ। विशेष महाधिवेशन बहिष्कार गरेका देउवा, शेखर र कृष्णप्रसाद सिटौला समूह अहिले एउटै मोर्चामा उभिएर अगाडि बढिरहेका छन्।कांग्रेस संस्थापन पक्षले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया अघि बढाइरहेका बेला असन्तुष्ट समूहले त्यसलाई स्वीकार नगरेपछि विवाद थप च

    • प्रकाशित मितिः असार ११, २०८३
    • 140 पटक पढिएको
  • रास्वपामा पदाधिकारी दौड रोचक बन्दै, उपसभापति र महामन्त्रीमा कडा प्रतिस्पर्धा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनसँगै नेतृत्व चयनको दौड रोचक बनेको छ। उपसभापति र महामन्त्री पदका लागि रास्वपामा प्रतिस्पर्धा चर्किएको हो।निर्वाचित हुने एक महामन्त्री पदका लागि हालका महामन्त्री कवीन्द्र बुर्लाकोटीसहित शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली र मनिष झाले दाबी प्रस्तुत गरेका छन्। अर्को महामन्त्री भने सभापतिले मनोनयन गर्ने व्यवस्था छ।यता उपसभापति पदका लागि विराजभक्त श्रेष्ठ, डा। तोषिमा कार्की, सोविता गौतम र लिमा अधिकारीबीच प्रतिस्पर्धा हुने देखिएको छ। सहमहामन्त्रीका तीन पदका लागि यज्ञमणि न्यौपाने, सागर ढकाल, रमेश प्रसाई र डा। अंकिता यादवले दाबी गरेका छन्।प

    • प्रकाशित मितिः असार ११, २०८३
    • 198 पटक पढिएको
  • राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त’ कानुन प्रमाणिकरण

    काठमाडौं । मुलुकमा विकासका लागि नयाँ स्रोत परिचालन गर्ने बाटो खुल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन्।प्रतिनिधिसभाबाट पारित भएर पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै अब कानुनी मान्यता प्राप्त गरेको छ। यससँगै परम्परागत बजेट र ऋणबाहेक विकासका लागि वैकल्पिक वित्तीय स्रोत जुटाउने व्यवस्था कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।राष्ट्रपति कार्यालयका अनुसार विधेयक बिहीबार प्रमाणीकरण गरिएको हो। सरकारले विकास आयोजना तथा पूर्वाधार क्षेत्रमा लगानी आकर्षित गर्न यो कानुनलाई महत्त्वपूर्ण कदमका रूपमा लिएको छ।

    • प्रकाशित मितिः असार ११, २०८३
    • 185 पटक पढिएको
  • कक्षा १२ को नतिजा विवाद उत्कर्षमा, शिक्षामन्त्रीले दिए सफाइ र छानबिनको आश्वासन

    काठमाडौं । कक्षा १२ को नतिजालाई लिएर विद्यार्थी आन्दोलन चर्किरहेका बेला शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारको बचाउ गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा हतारमा नभई आवश्यक जनशक्ति थप गरेर र प्रशासनिक प्रक्रिया छोट्याएर निर्धारित समयमै सार्वजनिक गरिएको दाबी गरेका छन्।विद्यार्थीहरूको आन्दोलनप्रति सम्मान रहेको उल्लेख गर्दै उनले शान्तिपूर्ण प्रदर्शनमा सहभागीहरूमाथि गालीगलौज वा दुर्व्यवहार नगर्न आग्रह गरेका छन्। साथै नतिजाबारे उठेका प्रश्नहरूको अध्ययन गर्न मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि रहने विशेष समिति गठन गरिएको जानकारी दिएका

    • प्रकाशित मितिः असार ११, २०८३
    • 80 पटक पढिएको
  • रास्वपा महाधिवेशनमा ८९० जना प्रतिनिधिले दिएनन् मत

    चितवन । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा ८९० प्रतिनिधिले मताधिकार प्रयोग गरेनन् । भरतपुरमा उपस्थित ३ हजार ८४९ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्रै मतदान गरेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। ९९ केन्द्रीय सदस्य चयनका लागि बुधबार मध्यरातपछि मतदान भएको थियो।विदेशमा रहेका १७० प्रतिनिधिका लागि भने अनलाइन मतदानको व्यवस्था गरिएको छ । सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने अन्य पदाधिकारीका लागि  दोस्रो चरणको मतदान हुँदैछ।महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुले निर्वाचन प्रक्रियामाथि प्रश्नै प्रश्न उठाएका छन् । 

    • प्रकाशित मितिः असार ११, २०८३
    • 78 पटक पढिएको
  • नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान

    काठमाडौं । अर्थ मन्त्रालयले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ।मन्त्रालयले बिहीबार सूचना जारी गर्दै आवश्यक योग्यता र अनुभव भएका नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको हो। इच्छुक उम्मेदवारले आगामी २१ दिनभित्र अर्थात् असार ३१ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सिलबन्दी आवेदन बुझाउनुपर्नेछ।आवेदकले नागरिक लगानी कोष ऐन, २०४७ ले तोकेको योग्यता र अनुभव पूरा गरेको हुनुपर्नेछ। आवेदनसँगै शैक्षिक प्रमाणपत्र, अनुभवका कागजात, नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण तथा दुई प्रति पासपोर्ट स

    • प्रकाशित मितिः असार ११, २०८३
    • 83 पटक पढिएको
  • सुदन किराँती: वरिष्ठ नेता पूर्वमन्त्री, वरिष्ठ नेता श्रम संस्कृती पार्टी

    काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली बजाएर पारित गरिएको दाबी गरेका छन् ।वरिष्ठ नेता किराँतीले महाधिवेशनले देशको दिशा र दशा छुट्ट्याउने कम्पासको रूपमा काम गर्नु पर्ने बताएका हुन् । उनले भने, ‘देशको सत्ता सञ्चालक पार्टीको राष्ट्रिय अधिवेशनले देशको दिशा र दशा छुट्ट्याउने कम्पासको रूपमा काम गर्नुपर्छ । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेनमा वाचन भएको दस्तावेजमाथि बहस नै नगरी ताली बजाएर पास गरियो । यो नीति निर्माणको निम्ति भन्दा पनि नेतृत्व निर्माणक

    • प्रकाशित मितिः असार ११, २०८३
    • 190 पटक पढिएको
  • विष्णु पौडेल प्रकरणमा सर्वोच्चको चासो : ‘किन थुनियो ?’ भन्दै सरकारसँग मागियो जवाफ

    काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको थुनासम्बन्धी विवाद अब सर्वोच्च अदालतको प्रत्यक्ष निगरानीमा पुगेको छ। पौडेललाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सम्बन्धित निकायसँग पक्राउ र थुनाको कारण माग गरेको छ।न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, गृह मन्त्रालयलगायत विपक्षी निकायलाई लिखित जवाफसहित आगामी असार १६ गते उपस्थित हुन आदेश दिएको हो। पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेको रिटमा उनलाई कानुनी आधारबिना थुनामा राखिएको जिकिर गरिएको छ। रिटमाथिको प्रारम

    • प्रकाशित मितिः असार ११, २०८३
    • 243 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.