काठमाडौं । मुलुकमा विकासका लागि नयाँ स्रोत परिचालन गर्ने बाटो खुल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन्।
प्रतिनिधिसभाबाट पारित भएर पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै अब कानुनी मान्यता प्राप्त गरेको छ। यससँगै परम्परागत बजेट र ऋणबाहेक विकासका लागि वैकल्पिक वित्तीय स्रोत जुटाउने व्यवस्था कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।
राष्ट्रपति कार्यालयका अनुसार विधेयक बिहीबार प्रमाणीकरण गरिएको हो। सरकारले विकास आयोजना तथा पूर्वाधार क्षेत्रमा लगानी आकर्षित गर्न यो कानुनलाई महत्त्वपूर्ण कदमका रूपमा लिएको छ।




































