राजनीति

    Showing 6,651-6,660 of 10,365 items.
  • एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा आजबाट कोसी प्रदेश प्रवेश

    काठमाडौँ ।  नेकपा एमालेको जारी मध्य पहाडी राजमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा आजबाट कोसी प्रदेश प्रवेश गर्दैछ ।सोमबार राती रामेछापको मन्थली आइपुगेको यात्रा टोलीले आज बागमती प्रदेशका रामेछाप र सिन्धुली जिल्ला पार गर्दै कोसी प्रदेशको उदयपुरस्थित घुर्मीमा आमसभा गर्नेछ। आज सिन्धुलीको खुर्कोट, ओखलढुङ्गाको हर्कपुर र खोटाङको हलेसीमा स्थानीय बासिन्दा, कार्यकर्ता र नेताहरूसँग अन्तरक्रिया गर्दै आजको बास खोटाङको दिक्तेलमा हुनेछ । १९ दिने यात्राको सबैभन्दा छोटो दुरी आजको यात्रा हुनेछ।सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित एमालेले मध्य पहाडका जनतासँग साक्षात्कार, गर्ने त्यह

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 343 पटक पढिएको
  • राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौँ । राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आज(आइतबार) बिहान ११ बजेदेखि काठमाडौँमा बस्दै छ ।बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।केन्द्रीय समिति बैठकबाट छलफल पश्चात् मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा महत्त्वपूर्ण निर्णय गर्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन।दुई दिन सम्म सञ्चालन हुने केन्द्रिय समिति बैठक सोमबार दिउँसो काठमाडौँ उपत्यका भेला मार्फत निर्णयहरू सार्वजनिक गरेर सम्पन्न हुने पार्टीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • 225 पटक पढिएको
  • कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । आज बुधबार दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताएका छन। आगामी पुसमा हुने महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल हुने उनको भनाइ छ। कांग्रेसले महासमिति बैठक पुस १६ देखि १९ सम्म काठमाडौंमा बस्दैछ। विभागलाई पूर्णता दिने र सरकारको कामकारबाही बारे पनि बैठकमा छलफल हुने बताइएको छ । नेपाली कांग्रेसमा ४८ बाट बढाएर ७० विभाग पुर्‍याइएको छ ।सभापतिमा निर्वाचित भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भए पनि कुनैको प्रमुख मात्र तोक

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • 216 पटक पढिएको
  • रास्वपाको केन्द्रीय समिति बैठक आजदेखि

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज सोमबारदेखि सुरू हुने भएको छ।  महामन्त्री मुकल ढकालले दिएको जानकारीअनुसार महोत्तरीको जलेश्वरमा सोमबार, मंगलबार र बुधबार बैठक चल्नेछ। रास्वपाले केन्द्रीय समिति र संसदीय दल बैठक संयुक्त रूपमा गर्न लागेको हो। बैठकमा सातै प्रदेशका सभापतिहरूको पनि सहभागिता रहने महामन्त्री ढकालले जानकारी दिए।केन्द्रीय अनुशासन र लेखा तथा प्रदेशहरूबाट सांगठानिक र राजनीतिक प्रतिवेदनसमेत बैठकमा पेश हुनेछ। पार्टीको आर्थिक प्रतिवेदन, सांसदहरूको तथा संसदीय कार्यको समीक्षा गर्ने तयारी पनि छ। महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 269 पटक पढिएको
  • युवा संघको प्रदर्शनको स्वामित्व एमालेले लिने, सम्पुर्ण शक्ति मंसिर ७ माकेन्द्रित गर्ने

    काठमाडौं । नेकपा एमालेले पार्टीको युवा संगठन राष्टिय युवा संघले गर्ने भनेको मंसिर ७ गतेको प्रर्दशनको स्वामित्व पार्टीले लिएको छ । अब उक्त दिनको कार्यक्रम एमालेकै नाममा हुनेछ । त्यसका लागि पार्टीका सबै शक्ति केन्द्रीत गर्ने निर्णय समेत गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका विरुद्ध औला उठाउने कोसिस कसैले नगरे हुने चेतावनी दिएका छन् । पार्टी निकट जनवर्गीय संगठनहरुको भेलालाई पार्टी कार्यालयमा सम्वोधन गदैं ओलीले लोकतन्त्रको विरुद्ध औँलो कसैले ठड्यायो भने त्यो औँलो कसरी तल झार्नुपर्छ भन्न्े एमालेले देखाईदिने चेतावनी दिए ।मंसिर ७ मा दुर्गा प्रसाईंले गर्न खोजेको आन्दोलनप्रति इंगित गदैं

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • 403 पटक पढिएको
  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठक बोलाएको छ । प्रधानमन्त्रीले आज बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भएको धनजनको क्षति अध्ययन अवलोकन गर्न आफै घटनास्थल पुगेका प्रधानमन्त्रीले आज मन्त्रीपरिषद्को बैठकमा छलफल गर्न लागेका हुन् ।बैठकमा राहत, उद्धार लगायतका विषयमा आवश्यक निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 189 पटक पढिएको
  • मन्त्री रानाले दिए राजीनामा, कोशी सरकारबाट बाहिरियो एमाले

    झापा   ।   कोशी प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । मुख्यमन्त्री केदार कार्कीले शुक्रबार माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाएपछि असन्तुष्ट हुँदै एमालेले सरकार छाडेको हो । शनिबार बिहान एमालेबाट मन्त्री बनेका दलका उपनेता राम रानाले राजीनामा दिएका हुन् । एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले शुक्रबार नै सत्ताबाट बाहिरिने बताएका थिए । एमालेले केन्द्रको जस्तै प्रदेशमा गठबन्धनमा संलग्न नहुने जनाएको छ ।एमालेका ३९ जना सांसदको समर्थनमा कार्की असोज २८ मा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री कार्कीले यसअघि कांग्रेसका शमशेर राईला

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 214 पटक पढिएको
  • मुख्यमन्त्रीबाट धोका भएपछि कोशी प्रदेशबाट एमाले बाहिरिने

    काठमाडौं । कोशी प्रदेशबाट नेकपा एमाले बाहिरिने भएको छ । काँग्रेसबाट बिद्रोह गरेर मुख्यमन्त्रीमा दाबी गरेर एमालेको सहयोगमा मुख्यमन्त्री बनेका केदार कार्कीले एमालेसँगको पूर्व सहमति तोड्दै माओवादी र एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनाएपछि एमाले सरकारबाट बाहिरिने भएको हो ।कार्की संविधानको धारा १६८ (५) अनुसार एमालेसहितको समर्थनमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। सोही दिन उनले कांग्रेस र एमालेका एक/एक जनालाई मन्त्री नियुक्त गरेका थिए।मुख्यमन्त्री कार्कीले सहमति तोडेपछि एमालेबाट मन्त्री बनेका राम रानाले राजीनामा दिने तयारी गरेका हुन् । 

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 261 पटक पढिएको
  • कोशीमा मन्त्रिपरिषद् विस्तार, माओवादीका उप्रेती र समाजवादीका जगेबु मन्त्री

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जगेबुलाई मन्त्रीमा  नियुक्त गर्द मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।मुख्यमन्त्री बनाउन भूमिका खेलेको नेकपा एमालेको विरोधका बाबजुद कार्कीले  उप्रेती र जगेबुलाई मन्त्री बनाएका हुन् ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 350 पटक पढिएको
  • एमालेको आज चियापान तथा शुभकामना आदानप्रदान

    काठमाडौँ    ।   नेकपा एमालेले (बुधबार)आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । दसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे २ बजेदेखि चियापान कार्यक्रम सुरू हुने एमालेले जनाएको छ ।यसअघि मङगलबार लागि तय भएको चियापान कार्यक्रम  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएपछि आजका लागि सारिएको थियो । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, राजनीतिक दलका शीर्ष नेताहरू, संवैधानिक निकायका प्रमुखहर

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 203 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.