काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । आज बुधबार दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताएका छन। 

आगामी पुसमा हुने महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल हुने उनको भनाइ छ। कांग्रेसले महासमिति बैठक पुस १६ देखि १९ सम्म काठमाडौंमा बस्दैछ। 

OM Sai Pathibhara Hospital

विभागलाई पूर्णता दिने र सरकारको कामकारबाही बारे पनि बैठकमा छलफल हुने बताइएको छ । नेपाली कांग्रेसमा ४८ बाट बढाएर ७० विभाग पुर्‍याइएको छ ।

सभापतिमा निर्वाचित भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भए पनि कुनैको प्रमुख मात्र तोकिएको छ भने कुनै विभागमा सदस्य संख्या अपुरो छ । हरेक विभाग बढीमा ५१ सदस्यीय हुने व्यवस्था छ ।