काठमाडौँ । नेकपा एमालेको जारी मध्य पहाडी राजमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा आजबाट कोसी प्रदेश प्रवेश गर्दैछ ।
सोमबार राती रामेछापको मन्थली आइपुगेको यात्रा टोलीले आज बागमती प्रदेशका रामेछाप र सिन्धुली जिल्ला पार गर्दै कोसी प्रदेशको उदयपुरस्थित घुर्मीमा आमसभा गर्नेछ।
आज सिन्धुलीको खुर्कोट, ओखलढुङ्गाको हर्कपुर र खोटाङको हलेसीमा स्थानीय बासिन्दा, कार्यकर्ता र नेताहरूसँग अन्तरक्रिया गर्दै आजको बास खोटाङको दिक्तेलमा हुनेछ । १९ दिने यात्राको सबैभन्दा छोटो दुरी आजको यात्रा हुनेछ।
सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित एमालेले मध्य पहाडका जनतासँग साक्षात्कार, गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरूसँग छलफल गर्ने ,विकास निर्माण र हाल भइरहेका समस्याहरूको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले यात्रा आयोजना गरिएको एमालेले बताउदै आएको छ ।





































