काठमाडौँ । राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आज(आइतबार) बिहान ११ बजेदेखि काठमाडौँमा बस्दै छ ।

OM Sai Pathibhara Hospital

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

केन्द्रीय समिति बैठकबाट छलफल पश्चात् मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा महत्त्वपूर्ण निर्णय गर्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन।

दुई दिन सम्म सञ्चालन हुने केन्द्रिय समिति बैठक सोमबार दिउँसो काठमाडौँ उपत्यका भेला मार्फत निर्णयहरू सार्वजनिक गरेर सम्पन्न हुने पार्टीले जनाएको छ ।