काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जगेबुलाई मन्त्रीमा  नियुक्त गर्द मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।


मुख्यमन्त्री बनाउन भूमिका खेलेको नेकपा एमालेको विरोधका बाबजुद कार्कीले  उप्रेती र जगेबुलाई मन्त्री बनाएका हुन् ।