काठमाडौं । नेकपा एमालेले पार्टीको युवा संगठन राष्टिय युवा संघले गर्ने भनेको मंसिर ७ गतेको प्रर्दशनको स्वामित्व पार्टीले लिएको छ । अब उक्त दिनको कार्यक्रम एमालेकै नाममा हुनेछ । त्यसका लागि पार्टीका सबै शक्ति केन्द्रीत गर्ने निर्णय समेत गरेको छ । 

अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका विरुद्ध औला उठाउने कोसिस कसैले नगरे हुने चेतावनी दिएका छन् । पार्टी निकट जनवर्गीय संगठनहरुको भेलालाई पार्टी कार्यालयमा सम्वोधन गदैं ओलीले लोकतन्त्रको विरुद्ध औँलो कसैले ठड्यायो भने त्यो औँलो कसरी तल झार्नुपर्छ भन्न्े एमालेले देखाईदिने चेतावनी दिए ।

OM Sai Pathibhara Hospital

मंसिर ७ मा दुर्गा प्रसाईंले गर्न खोजेको आन्दोलनप्रति इंगित गदैं ओलीले त्यस्तो चेतावनी दिएका हुन् । ‘हामीले यातना सहेर, अङ्गभङ्ग भएर, जेलनेल सहेर ल्याएको लोकतन्त्र हो यो । बेघरबार भएर, बेहालका अनेक स्थितिहरू झेलेर ल्याएको हो, त्यस कारण लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औँलो ठड्याउने काम कतैबाट नहोस् भनेर म चेतावनीको भाषामा भन्न चाहन्छु । ओलीले थप अगाडी भने, लोकतन्त्रको विरुद्ध लड्ने कुरा त छोड्दिऊँ, लोकतन्त्रको विरुद्ध औँलो ठड्यायो भने त्यो औँलो कसरी तल झार्नुपर्छ शान्तिपूर्ण तरिकाले हामी तल झार्दिन्छौँ ।’

राजधानी काठमाडौंमा युवा संघले मंसिर ७ गते वृहत जनप्रदर्शन गर्ने यस अगाडी देखि तयारी गरेको थियो ।शनिवार केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितका नेता सहभागी विशेष भेलाले मंसिर ७ को प्रदर्शनको स्वामित्व पार्टीले लिने निर्णय लिएको हो ।

सरकारले रुट तोकेमा सोही रुटमा प्रदर्शन गर्न पनि उनले कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले पुगेसम्म रातो टोपी लगाउन, सबैलाई झन्डा बोकेर प्रदर्शन गर्न निर्देशन दिएका छन ।

जन संगठन समन्वय संयन्त्रले आयोजना गरेको २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समिति लगायतका सदस्यको विशेष भेलाले सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने निर्णय लिएको हो ।

भेलाको शुरुआत गर्दै संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले मंसिर ७ को प्रदर्शन राजनीतिक मिसनमा आधारित रहेको भन्दै कतिपयले व्यक्तिको लडाइसँग जोडेकोमा आपत्ति जनाए । उनले यो पार्टीकै कार्यक्रम भएकाले सबै शक्ति लगाइने बताए ।