झापा   ।   कोशी प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । 

मुख्यमन्त्री केदार कार्कीले शुक्रबार माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाएपछि असन्तुष्ट हुँदै एमालेले सरकार छाडेको हो । शनिबार बिहान एमालेबाट मन्त्री बनेका दलका उपनेता राम रानाले राजीनामा दिएका हुन् । 

OM Sai Pathibhara Hospital

एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले शुक्रबार नै सत्ताबाट बाहिरिने बताएका थिए । एमालेले केन्द्रको जस्तै प्रदेशमा गठबन्धनमा संलग्न नहुने जनाएको छ ।
एमालेका ३९ जना सांसदको समर्थनमा कार्की असोज २८ मा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री कार्कीले यसअघि कांग्रेसका शमशेर राईलाई मन्त्री बनाएका थिए । सरकार बनाउने अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कार्की मुख्यमन्त्री बनेका हुन् ।