राजनीति

    Showing 511-520 of 10,287 items.
  • कांग्रेस इतरपक्षको बैठक बस्दै

     काठमाडौं । नेपाली कांग्रेसको इतरपक्ष आज फेरि निर्णायक छलफलमा जुट्दैछ। नियमित महाधिवेशनको मागलाई थप स्पष्ट रणनीतिसहित अघि बढाउने तयारीस्वरूप शीर्ष नेताहरू चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बस्न लागेका हुन्।पछिल्ला केही दिनदेखि जारी बैठकमा नेता–कार्यकर्ताले शीर्ष नेतृत्वबाट अब स्पष्ट निर्णय आउनुपर्ने दबाब दिएका थिए। त्यसैको आधारमा शीर्ष नेताहरूबीच आज विशेष छलफल हुन लागेको हो।बैठकपछि महाधिवेशन, संगठनात्मक रणनीति र आगामी राजनीतिक कदमबारे ठोस निर्णय सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ। कांग्रेसभित्रको आन्तरिक समीकरणका लागि आजको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    • प्रकाशित मितिः असार २६, २०८३
    • 123 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बस्दै ,प्रतिवेदनदेखि महत्वपूर्ण विधेयकसम्म छलफल

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा सरकारका तर्फबाट तीन महत्वपूर्ण वार्षिक प्रतिवेदन सदनमा पेस गरिनेछ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रिय महिला आयोगका वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। साथै, राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सदनमा पेश हुनेछ।यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाध्यकारी श्रम अन्त्य र श्रम निरीक्षणसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन का महासन्धि तथा प्रोटोकलमाथि छलफल र अनुमोदनका प्रस्ताव प्रस्तुत गर्नेछन्।आजको बैठक

    • प्रकाशित मितिः असार २६, २०८३
    • 135 पटक पढिएको
  • रास्वपामाथि शंकर पोखरेलको प्रहार- त्रास र पपुलिजमले देश बन्दैन

    काठमाडौं।  सरकारको कामकारबाहीमाथि एमालेले फेरि तीखा प्रश्न उठाएको छ। एमाले महासचिव शंकर पोखरेलले रास्वपाको नेतृत्वमा रहेको सरकार स्पष्ट नीति र योजनाविहीन रहेको आरोप लगाउँदै केवल पपुलिजम र त्रासको भरमा देशमा सुशासन र समृद्धि सम्भव नहुने बताएका छन्।नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाले वैकल्पिक राजनीतिक शक्तिको रूपमा जनताको विश्वास जिते पनि त्यसअनुसारको स्पष्ट नीति, योजना र दीर्घकालीन दृष्टिकोण प्रस्तुत गर्न नसकेको टिप्पणी गरेका छन्।उनका अनुसार सरकार लोकप्रियता कमाउने अभियानमै केन्द्रित देखिएको छ भने शासन सञ्चालनमा स्पष्ट मार्गचित्रको अभाव छ। भय र प्रचारलाई आधार बनाएर सत्ता सञ्चालन

    • प्रकाशित मितिः असार २६, २०८३
    • 133 पटक पढिएको
  • ठेक्का कम्पनीमाथि सरकारको एक्सन, १० कम्पनी सार्वजनिक खरिदबाट आउट

    काठमाडौं। ठेक्का सम्झौता र सार्वजनिक खरिद प्रक्रियामा कमजोरी देखिएका कम्पनीमाथि सरकारले कडा कदम चालेको छ। एकै निर्णयबाट १० वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखिएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐनअनुसार १० कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।तीमध्ये नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहको महादेव खिम्ती निर्माण सेवा र पप्पु–महादेव जेभी लाई ३ वर्षका लागि सार्वजनिक खरिदमा सहभागी हुन रोक लगाइएको छ। श्रेष्ठ कन्स्ट्रक्सन पनि ३ वर्षका लागि प्रतिबन्धमा परेको छ।त्यस्तै ग्लोबल ड्रग्स सप्लायर्स लाई

    • प्रकाशित मितिः असार २६, २०८३
    • 177 पटक पढिएको
  • विदेशी शैक्षिक कार्यक्रममाथि सरकारको कडा निगरानी

    काठमाडौं। विदेशी नाममा चलिरहेका शैक्षिक कार्यक्रम अब सरकारको कडा निगरानीमा परेका छन्। मन्त्रालयको अनुमति नलिई ए–लेभल, सीबीएसई, आईबीडीपीजस्ता कार्यक्रम सञ्चालन गर्ने विद्यालय तथा कलेजलाई कारबाही हुने चेतावनी दिइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले विदेशी शैक्षिक कार्यक्रम सञ्चालनमा नयाँ नियम कडाइका साथ लागू गर्ने भएको छ। मन्त्रिपरिषद्ले हालै विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेपछि मन्त्रालयले अनुमति नलिई सञ्चालन भइरहेका ए–लेभल, सीबीएसई, आईबीडीपीलगायतका कार्यक्रममाथि कानुनी कारबाही गर्ने स्पष्ट गरेको हो।मन्त्रालयका अनुसार केही शैक्षिक संस्थाले आधिकारिक स्वीक

    • प्रकाशित मितिः असार २६, २०८३
    • 145 पटक पढिएको
  • ६ स्वास्थ्य प्रतिष्ठानले पाए नयाँ नेतृत्व, उपकुलपतिले लिए शपथ

    काठमाडौं । देशका ६ प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकैदिन नयाँ उपकुलपति पाएका छन्। नवनियुक्त उपकुलपतिहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।शपथ लिनेमा न्याम्सका डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नवीस मानसिं प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सूर्यमान मेन्याङबो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अजय कुमार मिश्र रहेका छन्।सरकारले एकीकृत छनोट तथा सिफारिस कार्यविधिअन

    • प्रकाशित मितिः असार २६, २०८३
    • 175 पटक पढिएको
  • राष्ट्रपतिको हस्ताक्षरपछि चार विधेयक लागू हुने चरणमा

    काठमाडौं। संघीय संसदबाट पारित चार महत्वपूर्ण विधेयकले अब कानुनी मान्यता पाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ती विधेयक प्रमाणीकरण गरेसँगै कार्यान्वयनको प्रक्रिया अघि बढेको छ।राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण अर्थात् मनी लाउन्डरिङ निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रमाणीकरण गरेका हुन् । यी चारै विधेयक संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैबाट पारित भई संविधानबमोजिम राष्ट्रपतिको कार्यालयमा पुगेका थिए। प्रमाणीकरण भएसँगै अब सम्बन्धित कानुनहरू कार्यान्वयन गर्न

    • प्रकाशित मितिः असार २६, २०८३
    • 140 पटक पढिएको
  • ऊर्जा उद्यमीसँग प्रत्यक्ष संवाद गर्दै प्रधानमन्त्री बालेन

    काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले अब ऊर्जा क्षेत्रका समस्या प्रत्यक्ष सुन्ने भएका छन्। उद्योगी–व्यवसायीसँगको संवादलाई निरन्तरता दिँदै आज उनले ऊर्जा उद्यमीहरूसँग सिंहदरबारमा उच्चस्तरीय छलफल गर्न लागेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान साढे ११ बजे सिंहदरबारमा ऊर्जा क्षेत्रका प्रमुख उद्यमीहरूसँग छलफल गर्दैछन्।बैठकमा जलविद्युत् लगानी, विद्युत् उत्पादन, प्रसारण, निजी क्षेत्रका चुनौती र समाधानका सम्भावित उपायबारे खुला संवाद हुने बताइएको छ छलफलमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९क्ष्एएब्ल्० का अध्यक्ष मोहन डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की र वरिष्ठ उपाध्यक्ष उत्तम लामासहित ऊर

    • प्रकाशित मितिः असार २६, २०८३
    • 66 पटक पढिएको
  • बालेनले प्रतिवद्धता पुरा नगरेको भन्दै जनकपुरधाम देखी काठमाडौंसम्म मिटरब्याजपीडितको पैदलमार्च

    जनकपुरधाम। सरकारसँग पटक–पटक सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै मिटरब्याज पीडित फेरि सडकमा उत्रिएका छन्। जनकपुरबाट काठमाडौंसम्म पैदल मार्च सुरु गर्दै उनीहरूले यसलाई निर्णायक आन्दोलनु घोषणा गरेका छन्।जनकपुरधामबाट देशभरका मिटरब्याज पीडितले काठमाडौं केन्द्रित पैदल यात्रा सुरु गरेका छन्। मार्चअघि उनीहरूले फर्जी तमसुक जलाउँदै वित्तीय शोषणविरुद्ध कडा विरोध जनाए भने मशाल प्रज्वलन गरेर आन्दोलनको सुरुआत गरेका हुन्।आन्दोलनका अगुवा रमेश सेन्चुरीले सरकारसँग भएका चारवटा सहमति कार्यान्वयन नभएको आरोप लगाए।उनले प्रधानमन्त्री बन्नुअघि बालेन्द्र शाहले मिटरब्याज पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पन

    • प्रकाशित मितिः असार २६, २०८३
    • 113 पटक पढिएको
  • एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

    काठमाडौं / नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन सम्बन्धी कार्यदलले देशव्यापी सुझाव संकलन अभियानबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई दिएको छ ।बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै प्राप्त सुझावहरूलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी भएका थिए ।एमाले प्रचार तथा प्रकाशन विभागका प्रमु

    • प्रकाशित मितिः असार २६, २०८३
    • 137 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.