काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा सरकारका तर्फबाट तीन महत्वपूर्ण वार्षिक प्रतिवेदन सदनमा पेस गरिनेछ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रिय महिला आयोगका वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। साथै, राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सदनमा पेश हुनेछ।

यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाध्यकारी श्रम अन्त्य र श्रम निरीक्षणसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन का महासन्धि तथा प्रोटोकलमाथि छलफल र अनुमोदनका प्रस्ताव प्रस्तुत गर्नेछन्।

आजको बैठकमा विधेयक, अन्तर्राष्ट्रिय महासन्धि र महत्वपूर्ण प्रतिवेदनमाथि केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ।