काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले अब ऊर्जा क्षेत्रका समस्या प्रत्यक्ष सुन्ने भएका छन्। उद्योगी–व्यवसायीसँगको संवादलाई निरन्तरता दिँदै आज उनले ऊर्जा उद्यमीहरूसँग सिंहदरबारमा उच्चस्तरीय छलफल गर्न लागेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान साढे ११ बजे सिंहदरबारमा ऊर्जा क्षेत्रका प्रमुख उद्यमीहरूसँग छलफल गर्दैछन्।

बैठकमा जलविद्युत् लगानी, विद्युत् उत्पादन, प्रसारण, निजी क्षेत्रका चुनौती र समाधानका सम्भावित उपायबारे खुला संवाद हुने बताइएको छ छलफलमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९क्ष्एएब्ल्० का अध्यक्ष मोहन डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की र वरिष्ठ उपाध्यक्ष उत्तम लामासहित ऊर्जा क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।

सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिँदै ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रत्यक्ष संवादलाई अघि बढाएको सन्देश पनि यस बैठकले दिने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीको यो संवादले ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानतर्फ नयाँ पहलको संकेत गर्छ कि केवल छलफलमै सीमित हुन्छ त्यो समयले बताउनेछ ।