काठमाडौं / डा. धवल शम्शेर राणाले नयाँ राजनीतिक दल गठन गर्दै निर्वाचन आयोगमा पार्टी दर्ता गराएका छन्।

राणाले शुक्रबार आफ्नो नेतृत्वमा ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका हुन्। नयाँ दलले निर्वाचन प्रयोजनका लागि त्रिभुज चुनाव चिह्न प्राप्त गरेको छ। नयाँ राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित पार्टी दर्ता गरिएको राणाको भनाइ छ।

पार्टीको संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई थप व्यवस्थित बनाउने तयारीसमेत अघि बढाइएको बताइएको छ। राणाको पार्टी दर्तासँगै पछिल्लो समय नयाँ राजनीतिक दल गठन गर्ने क्रमले थप गति लिएको छ।