काठमाडौं । देशका ६ प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकैदिन नयाँ उपकुलपति पाएका छन्। नवनियुक्त उपकुलपतिहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

शपथ लिनेमा न्याम्सका डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नवीस मानसिं प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सूर्यमान मेन्याङबो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अजय कुमार मिश्र रहेका छन्।

सरकारले एकीकृत छनोट तथा सिफारिस कार्यविधिअनुसार गठित समितिको सिफारिसका आधारमा उनीहरूलाई नियुक्त गरेको हो। नयाँ नेतृत्वसँगै स्वास्थ्य शिक्षा, अनुसन्धान र सेवा प्रवाहमा सुधारको अपेक्षा गरिएको छ।