राजनीति

    Showing 41-50 of 7,447 items.
  • कांग्रेस महाधिवेशन: सानेपामा सुरक्षा व्यवस्था कडा

    काठमाडौं– नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनलाई लिएर विवाद बढ्दै गएपछि पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मंगलबार पार्टीको सम्पादन समिति बैठक सुरु हुनुअघि कार्यकर्ताहरूको भीड बाक्लिँदै गएपछि सुरक्षा सतर्कता थप कडा बनाइएको जनाइएको छ। कार्यालय वरपर प्रहरीको उपस्थिति बढाइएको छ भने प्रवेशमा निगरानीसमेत गरिएको छ।पार्टीभित्र देखिएको आन्तरिक विवादले तनावको अवस्था सिर्जना भएपछि अप्रिय घटना हुन नदिन सुरक्षाका उपाय अपनाइएको स्रोतले जनाएको छ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 382 पटक पढिएको
  • अध्यक्ष ओली भन्छन कांग्रेस–एमाले नजिकिएपछि निर्वाचन सार्ने षडयन्त्र हुँदैछ

    काठमाडौं— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।मंगलबार बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले तत्काल निर्वाचन हुने वातावरण अझै नबनिसकेको धारणा पनि राखे ।उनका अनुसार एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार तथा केही विदेशी शक्तिहरूले निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको अवस्था देखिएको छ । यस प्रक्रियामा सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि निरन्तर दबाब र धम्की दिइँदै संसद् पुनःस्थापना हुन नदिने प्रयास भइरहेको उल्लेख गर्दै उनले यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको बताए ।अध

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 363 पटक पढिएको
  • विशेष महाधिवेशन केन्द्रीय समितले आब्हान गर्नुपर्छः डा.शेखर कोइराला

    काठमाडौं— नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बिशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् ।उनले भने, ‘अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपाति उम्मेद्वार टुंग्याउनु पर्नेछ । यसकारण बिशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए । उनका अनुसार त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।’मंगलबार उनले आफ्नो निजी सचिवालयमा पार्टीका ३० भन्दा केन्द्रीय सदस्यहरुको समूहसँग छलफल गरेका थिए । उक्त भेटघाटमा डा. कोइरालाले सबैको मनोभावना सम्बोधन ह

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 343 पटक पढिएको
  • आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।बैठकमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति र पार्टी समायोजन उपसमिति विस्तार, केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठनका विषयमा छलफल हुनेछ ।साथै, समानुपातिक उम्मेदवार परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश र जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम तथा स्थानीय तह उम्मेदवार क्लब गठनका विषयमा समेत छलफल हुने प्रवक्ता झाले बताए ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 329 पटक पढिएको
  • ओलीले जाँचबुझ आयोगलाई दिएको लिखित बयानका मुख्य ६ बुँदाहरु

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य ६ बुँदा सार्वजनिक गरिएको छ।एमालेका सचिव महेश बस्नेतले मंगलबार बिहान ओलीले जाँचबुझ आयोगले दिएको लिखित बयानका मुख्य ६ बुँदा सार्वजनिक गरेका हुन्। यस्ता छन् बुँदाः-२२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा(विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको।-आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेका।-आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजी नभएको कुरा तत्कालीन फोटो र भिडिओहरूले प्रस्ट देख

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 336 पटक पढिएको
  • ‘मदुरोलाई क्याप्चर गरेको घटना अन्तर्राष्ट्रीय कानुन विपरित’

    काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले अमेरिकाले भेनेजुएलामा अतिक्रमण गरी त्यहाँका विवादास्पद राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको घट्नाप्रति आपत्ति जनाएको छ ।मंगलबार एक विज्ञप्ति जारी गर्दै समाजकी सभापति रेनुका पौडेलले मदुरोलाई क्याप्चर गरेको घटनाप्रति आपत्ति जनाएकी हुन् ।‘तानाशाह मदुरो कुनै आदर्श नेता होइनन तर अमेरिकी कदम अन्तर्राष्ट्रीय कानुन विपरित हुनुका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्र विपरित छ । अमेरिकाको यो कदमले गलत नजीर स्थापना गरेको छ जुन थप अशान्तिको कारक बन्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।‘मदुरो अनेकौ गम्भिर मानव अधिकार उल्लङ्घनका लागि जिम्मेवार छन तसर्थ मदुरोप्रति मानव अधिक

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 330 पटक पढिएको
  • वीरगञ्जमा कफ्र्युकायमै, दिउँसो १ बजेसम्म थपियो

    रौतहट— धनुषामा भएको घटनालाई लिएर उत्पन्न विवादका कारण अशान्त बनेको वीरगञ्जमा जारी कफ्र्युको अवधि थप गरिएको छ ।जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आज दिउँसो १ बजेसम्मका लागि कफ्र्युलाई निरन्तरता दिएको हो ।यसअघि प्रशासनले सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो । तर, तोकिएको समयभित्र स्थिति पूर्ण रूपमा सामान्य नभएपछि स्थानीय प्रशासनले थप ५ घण्टा कफ्र्यु लम्ब्याउने निर्णय गरेको हो ।पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार संवेदनशील क्षेत्रहरूमा अझै सुरक्षा सतर्कता आवश्यक देखिएकाले शान्ति–सुरक्षा कायम राख्न कफ्र्यु थप्

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 334 पटक पढिएको
  • मुगुमा सामाजिक न्याय र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि तीन समूहबीच साझा सहमति

    मुगु— मुगुमा सामाजिक न्याय, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको साझा उद्देश्यसहित विभिन्न अनौपचारिक संगठन तथा नागरिक समूहबीच नैतिक समन्वयता पत्रमा सहमति भएको छ।लोकतान्त्रिक मूल्य–मान्यता, मानव अधिकार, पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने लक्ष्यसहित मुगुका जेनजी समूह, सुपो अभियान तथा छाउल्या सेवा समाजबीच साझा समझदारी भएको हो।समझदारी पत्रमा सामाजिक अन्याय, भ्रष्टाचार, शक्ति दुरुपयोग तथा दण्डहीनताले लोकतन्त्रलाई कमजोर बनाइरहेको वर्तमान अवस्थालाई गम्भीर चुनौतीका रूपमा उल्लेख गरिएको छ। साथै, युवामा बढ्दो निराशा र राजनीतिक अस्थिरताले भविष्यप्रति चिन्ता बढाएको जनाउँदै सामाजिक रूपान्तरणका लागि सा

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 320 पटक पढिएको
  • आज दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसदअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ ।राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।विधायन व्यवस्थापन समितिको १५१ औं बैठक बिहान ११ः३० बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्दैछ ।आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची तय गरिएको छ ।यस्तै दिनको १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१४औँ बैठक बस्दैछ ।बैठकमा कोशी प्रदेशको अनुगमन कार्यक्रमको समीक्षा गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 319 पटक पढिएको
  • महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिए

    जलेश्वर। प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनका लागि महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २० हजार ५२ पुरुष, १४ हजार १९९ महिला र एक जना अन्य गरी ३४ हजार २५२ नयाँ मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार जिल्लामा कूल मतदाता चार लाख ३१ हजार २८२ रहेका छन् । यसअघि जिल्लामा तीन लाख ९७ हजार ३० जना मतदाता थिए । क्षेत्रगत रूपमा जिल्लामा चार वटा निर्वाचन क्षेत्र रहेका उहाँले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 142 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा