पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, कृषि मन्त्री भीमबहादुर कार्की, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल र स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाएका छन्।

एमालेबाट सरकारमा सहभागी चारै मन्त्रीले राजीनामा दिएसँगै गण्डकी प्रदेशको सत्ता समीकरणमा फेरबदल आएको छ।