राजनीति

    Showing 1,141-1,150 of 9,398 items.
  • हङकङ भ्रमणमा जाँदै कोशीकी राज्यमन्त्री शोभा चेम्जोङ

    विराटनगर— कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ हङकङ भ्रमणमा जाने भएकी छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङ र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा हुने कार्यक्रममा सहभागी हुन उनी हङकङ जान लागेकी हुन् ।सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आगामी चैत १५ गते आयोजना हुने कार्यक्रममा सहभागी हुन उनलाई भ्रमण स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार राज्यमन्त्री चेम्जोङको भ्रमण खर्च आयोजक संस्थाले नै व्यहोर्नेछ

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 395 पटक पढिएको
  • निर्वाचन आयोगबारे टिप्पणी भएपछि आयोगको आपत्ति

    काठमाडौं— निर्वाचन आयोगले एक टेलिभिजन कार्यक्रममा आयोग र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलाई जोडेर गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।आयोगले सोमबार विज्ञप्ति गर्दै चैत १ गते कान्तिपुर टेलिभिजनमा प्रसारित सरोकार कार्यक्रममा राजनीतिक दलका जिम्मेवार व्यक्तिबाट गरिएको टिप्पणीप्रति आपत्ति जनाएको हो ।आयोगका अनुसार उसले गर्ने सबै निर्णय नेपालको संविधान, प्रचलित कानुन तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार हुँदै आएको छ । आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको विवरण अभिलेखमा अद्यावधिक गर्दा पनि सोही कानुनी आधारमा निर्णय गरिएक

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 413 पटक पढिएको
  • बिचार: घट्दो कम्युनिस्ट जनमत — विचारको संकट कि नेतृत्वको असफलता?

    -देवेन्द्र किशोर ढुङगाना नेपालको हालै सम्पन्न निर्वाचन परिणामले एउटा महत्वपूर्ण राजनीतिक संकेत दिएको छ—देशमा लामो समयदेखि बलियो मानिँदै आएको कम्युनिस्ट जनमत तीव्र रूपमा खस्किएको छ। चुनावअघि करिब ६५ प्रतिशत मत प्रभावमा रहेको वामपन्थी शक्ति अहिले झण्डै १०–२० प्रतिशतको सीमामा झरेको देखिन्छ। यो केवल चुनावी अंकगणित मात्र होइन, बरु नेपाली समाजमा कम्युनिस्ट विचारप्रति बढ्दै गएको वितृष्णाको संकेत पनि हो।नेपालको आधुनिक राजनीतिक इतिहासमा कम्युनिस्ट शक्तिहरूले निकै ठूलो भूमिका खेलेका छन्। जनआन्दोलनदेखि गणतन्त्र स्थापनासम्मका विभिन्न मोडहरूमा वामपन्थी दलहरू निर्णायक शक्ति बने। जनताले उनीहरूलाई परिवर्

    • प्रकाशित मितिः चैत २, २०८२
    • 76 पटक पढिएको
  • सेवा प्रवाह सहज बनाउन काठमाडौं प्रशासनमा ‘पब्लिक एनाउन्समेन्ट सिस्टम’ मोडेल लागू

    काठमाडौं— जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवद्र्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ ।सोमबार आयोजित विशेष कार्यक्रममार्फत उक्त प्रणाली औपचारिक रूपमा सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले नयाँ प्रणालीले सेवाग्राहीलाई सहज रूपमा सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।उनले परम्परागत सरकारी कार्यालयको संरचनामा कर्मचारी भित्र र सेवाग्राही बाहिर बस्ने व्यवस्था रहेकोले नयाँ मोडेलमार्फत भने कर्मचारी र सेवाग्राहीबीचको दूरी घटाएर एउटै स्थानमा बसेर सेवा प्रदान गर्ने व्यवस्था गरिएक

    • प्रकाशित मितिः चैत २, २०८२
    • 471 पटक पढिएको
  • अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

    काठमाडौं— नेतृत्वमाथि स्वेच्छाचारी ढंगले संस्था सञ्चालन गरेको आरोप लगाउँदै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पदाधिकारीहरूले काठमाडौंस्थित केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । आइतबार रातोपुल र भृकुटीमण्डपस्थित महासंघका कार्यालयहरूमा वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष अनिता घिमिरे र महासचिव सुगम पोखरेलको नेतृत्वमा तालाबन्दी गरिएको हो ।तालाबन्दी कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य संस्थाका प्रतिनिधि तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । सो क्रममा कार्यालय परिसरमा मागहरू समेटिएको प्रेस विज्ञप्ति समेत टाँसिएको छ ।विज्ञप्तिमा महासंघका वर्तमान अध्यक्ष

    • प्रकाशित मितिः चैत २, २०८२
    • 464 पटक पढिएको
  • नेपाली कांग्रेसका क्रियाशील सदस्य रामेश्वर राय यादवको निधनप्रति दुस्ख व्यक्त

    काठमाडौं— नेपाली कांग्रेसले पार्टी क्रियाशील सदस्य तथा रौतहटको गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवका पिता रामेश्वर राय यादवको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।यादवको आइतबार राति ८० वर्षको उमेरमा निधन भएको हो । नेपाली कांग्रेसका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी शोक वक्तव्यमा पार्टीले स्वर्गीय यादवको योगदानको उच्च कदर गर्दै उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्व गुमाएको उल्लेख गरिएको छ ।स्वर्गीय यादव लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका थिए । पार्टी संगठन सुदृढ बनाउन र लोकतान्त्रिक मूल्

    • प्रकाशित मितिः चैत २, २०८२
    • 467 पटक पढिएको
  • फिल्म हलहरुमा ग्राहकलाई पपकर्न र आइसक्रिम सेवा गर्छन रोबोटहरु

    एजेन्सी— दक्षिणी चीनको शेन्जेनमा, रोबोटहरूले चलचित्र थिएटरहरूमा पपकर्न र बाहिरी बजारहरूमा आइसक्रिम सेवा गर्ने गरेका छन् । साथै उत्पादन प्लान्टहरूमा औद्योगिक क्षेत्रको सेवा समेत गर्ने गरेका छन् ।शहरको नानशान जिल्लाको एक सिनेमामा, डिओबिओटी कम्पनीको एक मानवीय रोबोटले चलचित्र हेर्नेहरूका लागि कपमा पपकर्न स्कूप गरिरहेको देख्न सकिन्छ । ति रोबोटहरुले १४ घन्टासम्म सेवा दिने गरेका छन् ।फिल्म हेर्न आएका एक व्यक्ति भन्छन्,‘मलाई रोबोट धेरै बुद्धिमानी लाग्यो र मलाई चिन्ता थियो कि यो पोखिन सक्छ, तर नतिजा एकदम राम्रो थियो। कपहरू कुनै पनि पोखिन बिना राम्रोसँग भरिएका थिए, जुन एकदमै अचम्मको थियो ।’शहरमा हालै आय

    • प्रकाशित मितिः चैत २, २०८२
    • 404 पटक पढिएको
  • हर्मुज जलमार्गमा जहाज सुरक्षाका लागि अन्तर्राष्ट्रिय गठबन्धन बनाउन ट्रम्पको पहल

    काठमाडौं—  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा बढ्दो तनावका बीच हर्मुज जलमार्ग हुँदै पासहुने जहाजहरूको सुरक्षाका लागि विभिन्न देशलाई समेटेर अन्तर्राष्ट्रिय गठबन्धन बनाउन पहल गरेका छन् ।उनले हर्मुज जलमार्ग हुँदै तेल आयातमा अत्यधिक निर्भर रहेका करिब सात देशलाई जहाज सुरक्षाका लागि संयुक्त प्रयासमा सहभागी हुन आग्रह गरेको बताएका छन् । राष्ट्रपति ट्रम्पले आइतबार दिएको अभिव्यक्तिमा ती देशहरूको नाम भने खुलाएका छैनन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै विश्वका धेरै मुलुकले तेल आपूर्ति गर्ने प्रमुख मार्ग भएकाले हर्मुज मार्गको सुरक्षा सम्बन्धित देशहरूले नै सुनिश्चित गर्नुपर्ने र त्

    • प्रकाशित मितिः चैत २, २०८२
    • 444 पटक पढिएको
  • रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा राखेर आज (सोमबार) सुनुवाइ हुँदैछ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ । महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।पछि सो निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी

    • प्रकाशित मितिः चैत २, २०८२
    • 433 पटक पढिएको
  • सीके राउतले लिए संसदीय राजनीतिबाट सन्यास

    काठमाडौं— जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके)ले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।राउतले आज सामाजिक सञ्जालमार्फत राजनीतिबाट सन्यासको घोषणा गरेका हुन् । यद्यपि, उनले संघर्षको राजनीति भने जारी राख्ने बताएका छन् ।

    • प्रकाशित मितिः चैत २, २०८२
    • 450 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.