काठमाडौं। प्रधानमन्त्री बालेन शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्ति नसच्चाए  नेपाली कांग्रेसले संसद अवरोध जारी राख्दै संसदीय समितिहरूका बैठक समेत बहिष्कार गर्ने निर्णया गरेको छ । प्रधानमन्त्री बालेन शाहले संसदमा आएर माफी नमागुञ्जेल कांग्रेसले २५ जेठसम्म सबै संसदीय समितिका बैठकमा सहभागीता नजनाउने निर्णय गरेको हो । 

कांग्रेस संसदिय दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि कांग्रेसले माफी माग्नुपर्ने भन्दै सदन अवरोध गरिरहेको छ । यस्तै सांसदलाई कानुनभन्दा माथि राख्नेगरी प्रतिनिधि सभा नियमावली जबर्जस्ती पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।