काठमाडौं। शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा सिर्जनशील टिम बनाउन आफू व्यस्त भएकाले फोन र म्यासेन्जरमा कल नगर्न अनुरोध गरेका छन् ।सामाजिक सञ्जालमा सक्रिय पुनले मोबाइल, म्यासेन्जर र ह्वाट्सएपमा हजारौं कल र मेसेज आएको भन्दै फोन नगर्न अनुरोध गरेका हुन् । पुनले आफू मन्त्रालयको एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त भएकाले फोन नगर्न अनुरोध गरेका हुन् ।मन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘अस्तीदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आइरहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु। त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला। धन्यवाद ।’
काठमाडौं - भदौ २३ गतेको जेनजी आन्दोलनमा देशभर ७४ जनाले ज्यान गुमाए। आन्दोलन सुरू भएको दिन काठमाडौंमा मात्र १९ जना युवाको मृत्यु प्रहरीको गोलीमा भएको थियो। मृत्युपछि फैलिएको जनाक्रोशले २४ भदौमा सिंहदरबार, संघीय संसद, सर्वोच्च अदालतदेखि अख्तियारसम्मका कार्यालयमा आगजनी गर्यो। प्रमुख राजनीतिक दलका नेताहरूका घर र व्यापारिक भवनहरू समेत आगलागीको चपेटामा परे।देशभरका १९७ प्रहरी कार्यालय पूर्ण रूपमा जले, २५८ कार्यालयमा आंशिक क्षति भयो। २६ कारागार फोडिँदा १४ हजार ५५६ कैदीबन्दी भागे, जसमा ७ हजार मात्र पक्राउ वा आत्मसमर्पण भए। बाँकी ७ हजार ५५६ अझै फरार छन्।सरकारले ५ भदौमा जेनजी आन्दोलनको न्यायिक जाँचबुझ आय
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा बुधबार अपरान्ह १ बजेदेखि बैठक बस्न लागेको हो । हिजोबाट सुरु भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । पार्टीका सातै प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रदेश सभापतिहरूले राख्ने कार्यसूची तय गरिएको छ।यस्तै परिवर्तित अवस्थाका सन्दर्भमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिइने झाले बताए। पार्टी संगठन एवं विभागबारे र केही रिक्त विभागहरू पूर्ति गरिने सम्भावना रहेको पनि उनले जानकारी दिएका छन् ।
काठमाडौं— प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरू बीच ०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका विषयमा छलफल भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराइन् ।सरकारको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने, शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गरिने भन्दै आयोगलाई निर्वाचन तयारीका स
काठमाडौं— नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पद्भार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै सिलवालले दुई वटा निर्णयमा हस्ताक्षर समेत गरेका छन् । निर्णयहरुमा १०औँ तहभन्दा माथिका कर्मचारी सरुवा सञ्चालक समितिमा लाने व्यवस्था संशोधन गर्दै कार्यकारी निर्देशकलाई नै अधिकार दिन प्रस्ताव गरिएको छ । त्यस्तै आर्थिक नियमावली अनुसार ठूलो पुँजीका आयोजना र कामहरूको प्रतिस्पर्धापछि नापजाँच गर्नको लागि समिति बनेको छ ।पदभारको क्रममा सिलवालले दशैँ र तिहारको नजिक रहेको भन्दै विद्युतलाई नियमित आपूर्ति गर्न र डेलिकेडेट र ट्रंक लाइनको पैसा उठाउने निर्देशन कार्यान्वयन गर्ने
सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले जेनजी आन्दोलनपछि वडा कार्यालय आगजनी गरिएका वीरेन्द्रनगर नगरपालिकाका वडाअध्यक्षहरूसंग छलफल गरेका छन् । आन्दोलनमा नगरपालिकाका १ देखि १२ वडासम्मका कार्यालयहरू आगजनी र तोडफोड गरिएपछि ती वडाहरूले हाल जिल्ला समन्वय समितिको हलबाट सेवा दिईरहेका छन । मुख्यमन्त्री कडेल आज जिल्ला समन्वय समितिको हलमै पुगेर सेवाग्राही सहित वडा अध्यक्षसंग छलफल गरेका थिए ।वडा नम्बर १ देखि १२ सम्मका वडा कार्यालय जेन जी आन्दोलनका कारण ध्वस्त भएका कारण असोज ५ गतेदेखि वडाका नागरिकले सहज रुपमा सेवा पाउन भन्दै एकीकृत सेवा सञ्चालनमा ल्याएको थियो । स्थ
काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीहरूसँग मंगलबार छलफल गरेका छन्।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा निर्वाचन सामग्री, बजेट तथा मतदाता नामावली संकलनसँग सम्बन्धित विषयमा केन्द्रित भएर कुराकानी भएको आयोग स्रोतले जनाएको छ।छलफलमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, अन्य आयुक्तहरू, सचिव र उच्च कर्मचारीहरू सहभागी थिए। प्रधानमन्त्री र गृहमन्त्रीले आयोगसँग समन्वय गर्दै नयाँ मतदाता नामावली संकलनका लागि आवश्यक अध्यादेशको मस्यौदाबारे पनि परामर्श गरेका
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाँईले जेनजीहरुको आन्दोलन पश्चिमाहरुको खेल रहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन युवाहरुलाई उचालेर मार्ने पश्चिमाहरुको खेल रहेको दाबी गरेका हुन् । उनले भने, ‘हिजो हामीले उठाएका मुद्दाहरु जेनजीका बच्चाहरुले उठाउँदा सहयोग गर्नुपर्छ भनेर मैंले एउटा पोष्ट गरें । यो भष्ट्रचार विरुद्धको आन्दोलन, तस्कर लखेट्ने आन्दोलन भएको कारण म आफैं सरिक हुन्छु भनेर पवित्र मनले स्टाटस लेखें । त्यसको दुई घण्टापछि महानगरका प्रमुख बालेनजीको स्टाटस आयो । कस्तो आयो भने आन्दोलन २८ वर्ष मुनिको हो २८ वर्ष माथिका जानै हुँदैन ।उनले थप अगाडि भने, ‘कुनै राज
काठमाडौं । अर्थमन्त्री समेत रहेका रामेश्वर खनालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि समालेका छन् । मंगलबार सिंहदरबारस्थित सङ्घीय मामिला मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहरणपछि उनले कर्मचारीतन्त्रको आत्मसम्मान भनेको नेपाल सरकारको संयन्त्रले साच्चिकै डेलिभरी दिनसक्छ भन्ने विश्वास दिलाउन सक्नु रहेको बताए । ‘कर्मचारीतन्त्रको आत्मासम्मान भनेको नेपाल सरकारको संयन्त्रले साँच्चिकै डेलिभरी दिनसक्छ भन्ने विश्वास दिलाउने नै हो ।’त्यस्तै उनले आफूहरुको उद्देश्य भनेको देशमा भ्रष्टाचार उन्मुलन गर्ने रहेको बताउँदे सोही अनुरुप काम गर्ने प्रतिबद्ध
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित निवासमा सार्वजनिक भएका छन् ।मंगलबार ओली नयाँ निवास गुन्डुमा पार्टीका नेताहरुसहित सार्वजनिक भएका हनु् । उनलाई भेट्नका लागि पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरु गुन्डु पुगेका थिए । गत भाद्र र २४ गते भएको जेनजी आन्दोलनपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी आज पहिलो पटक सार्वजनिक भएका हुन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.