काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता निराजन बम ले पार्टी परित्यागको घोषणा गरेका छन्। उनले पार्टीको केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको सदस्य सचिवसहित सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्।
लामो समयदेखि विद्यार्थी र युवा राजनीतिमा सक्रिय बमले वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै फरक ढंगको राजनीतिक अभियानमा सहभागी हुने निर्णय गरेको बताएका छन्। उनले अब पार्टीभन्दा बाहिर रहेर पनि राष्ट्रिय राजनीतिमा सक्रिय रहने स्पष्ट पारेका छन्।
पार्टी छाडे पनि राजसंस्था, सनातन हिन्दु राष्ट्र र संघीयता खारेजीका विषयमा आफ्नो अडान यथावत रहने उनको भनाइ छ।






































