फोटोफिचर

    Showing 41-50 of 63 items.
  • तस्बिरमा जनैपूर्णिमा

    आज जनैपूर्णिमा । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) मनाउने गरिन्छ । आज (सोमवार) बिहानैबाट यज्ञोपवित एवं रक्षावन्धन धारण गरेर जनैपूर्णिमा मनाइँदैछ । आज दिनभर नै रक्षावन्धन र जनै लगाउने गरिन्छ । आज बिहानैदेखि पाटनको कुम्भेश्वरसहित देशभरका मन्दिरहरुमा भक्तजनको घुइँचो छ । पशुपतिनाथ, गोकर्णेश्वर, सन्तानेश्वर, किराँतेश्वर, तनहुँको देवघाट धाम, रसुवाको गोसाईकुण्ड, लगायतका धार्मिक स्थलमा बिहानैदेखि स्नान गरी शुद्ध हुने र मन्दिरमा व्राह्मण, पुरोहीतहरुले मन्त्रिएका जनाइ र रक्षा बन्धन लगाउने प्रचलन छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्वीले नदी, ताल, तलाउ,

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 732 पटक पढिएको
  • पशुपतिनाथ मन्दिरमा भक्तजन

    साउनको आज अन्तिम सोमबार । पशुपतिनाथ मन्दिर परिसरमा यतिबेला भक्तजनको घुइँचो छ । तुलनात्मक रुपमा साउनका अरु सोमबारको तुलनामा आज धेरै भक्तजन छन् । 

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 487 पटक पढिएको
  • पुल बनाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

    जनकपुरधाम— धनुषा र सिरहा जोड्ने कमला पुल निर्माणको माग गर्दै सिरहाका स्थानीयले मधेसका मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । कमला पुल भत्किएको २ वर्षभन्दा बढी समय भइसक्दा समेत पुल निर्माण हुन सकेकाले नयाँ पुल निर्माणको माग गर्दै सिरहाबाट आएका स्थानीयले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । सिरहाबाट आएका प्रविण यादवले आफूहरु हुलाकी सडक अन्तर्गत पर्ने कमला पुल निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए । हाम्रो अभिभावक मधेस सरकार रहेको र मधेस सरकारले नै यो समस्या समाधान गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए । यादवले भने, ‘आफूहरु यहाँबाट अरु कतै यो

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 518 पटक पढिएको
  • सुन्दरी प्रतियोगिताका प्रतिस्पर्धी

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 508 पटक पढिएको
  • स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन

    काठमाडौं–अविरल वर्षाका कारण उत्पन्न विद्जन्य घटनाको उद्धार तथा राहको काममा सुरक्षाकर्मी सधैँ तैनाथ रहन्छन् । प्युठान जिल्लाको प्युठान नगरपालिका–९ र १० स्थित बुढादेवी बजारमा ढुङ्गा, हिलो, माटो, र लेदो सहितको भुस्वाङ खोलाले बजार क्षेत्रमा पसेपछि उद्धार तथा राहतमा नेपाल प्रहरी खटिएको छ । घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा तत्काल उद्धार कार्य सञ्चालन गरिएको हो । आवश्यक उद्धार सामग्री सहित सुरक्षाकर्मीहरूले घटनास्थल पुगेर उद्धार कार्य गरेको नेपाल प्रहरीले जानकारी गराएको छ । 

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 359 पटक पढिएको
  • विपद्मा प्रहरी मेरो साथि : तत्काल पुग्यो उद्धार टोली

    काठमाडौं–प्रहरी मेरो साथि नारा नारा मात्रै होइन् । विभिन्न समयमा आइपर्ने विपदजन्य घटना वा कुनै दुर्घटनाको समयमा सर्वसाधारणको उद्धार गर्न प्रहरी पुग्ने गर्छ । गएरातिदेखि भएको भारी वर्षापछि काठमाडौं उपत्यका जलमग्न भयो । त्यसपछि नेपाल प्रहरीको विपद् उद्धार टोली बिहान चार बजेदेखि नै आवश्यक उद्धार सामाग्रीहरु सहित खटिई बाढीमा फसेका व्यक्तिहरुलाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाउन सफल भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाबाट प्रहरीले ६० जना भन्दा धेरैको उद्धार गरेको छ । तस्विर : नेपाल प्रहरी

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 604 पटक पढिएको
  • बाढीमा चुर्लुम्म काठमाडौं उपत्यका (फोटोफिचर)

    काठमाडौं–गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र जलमग्न भएका छन् । बागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोलासहित स्थानीय नदीमा आएके बाढी वस्तिमा पनि पसेको छ । बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरु जलमग्न भएका छन् भने  नदी किनारका सडक, होटल, विद्यालय डुबानमा परेका छन् । अहिले पानी पसेको कोठाहरुबाट पानी निकाल्ने प्रयास भइरहेको छ ।

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 416 पटक पढिएको
  • घर भत्किएर च्यापिएकी बालिकाको सकुशल उद्दार

    काठमाडौं–घर भत्किएर च्यापिएकी बालिकाको उद्दार गरिएको छ । वीरेन्द्रनगर नगरपालिका १३ करेखोला बस्ने खम्म बुढाको कच्ची घर वर्षातको कारण भत्किएपछि उनकी छोरीशुशिला बुढा च्यापिएकी थिइन् । खबर पाएपछि तत्कालै सुर्खेतबाट प्रहरी टोली घटना स्थलमा खटिई बालिकालाई सकुशल उद्धार गरेर थप उपचारका लागी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाएको छ । उनको दुबै खुट्टामा चोट लागेको छ । 

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 528 पटक पढिएको
  • नेपाल प्रहरीको प्रधान कार्यालय निरीक्षणमा गृहमन्त्री लेखक

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका छन् । प्रधान कार्यालयको निरीक्षणका क्रममा मन्त्री लेखकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरे । सो क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे ।निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुका साथै त्यस सम्ब

    • प्रकाशित मितिः साउन २, २०८१
    • 430 पटक पढिएको
  • शीतलनिवासमा देखिएको प्रचण्ड र ओलीको अनुहार चेहरा

    आज मुलुकको ४५ औँ प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले शपथग्रहण गर्दै गर्दा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल पनि शपथग्रहण समारोहमा शीतल निवासमा थिए । एकै ठाउँमा भेला भएका वर्तमान र निवर्तमान प्रधानमन्त्रीको अनुहारको चेहरा हेर्न लायक थियो। जहाँ सभामुख देवराज घिमिरेमा छल्किएको खुसी अनुहारबाट सार्वजनिक भइरहेको थियो।उत्साही रुपमा केपी ओली प्रस्तुत हुँदा निरिह जस्तो प्रचण्ड देखिए । तस्बिरमा हेर्नुहोस् ओली र दाहाल ।

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 466 पटक पढिएको

गुप्तचर खबर — नेपालको विश्वसनीय अनलाइन समाचार पोर्टल। ताजा खबर, विश्लेषण र अपडेटका लागि हामीसँग जोडिनुहोस्।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.