बझाङको बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चार जनाको मृत्यु भएको छ । गयराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव निकालिएको छ । 

स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७:२० बजे चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  

OM Sai Pathibhara Hospital

९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरी ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो।

Bulun_Pahiro_3

Bulun_Pahiro_2

Bulun_Pahiro_4


Bulun_Pahiro_5

तस्बिर : नेपाल प्रहरी