जनकपुरधाम— धनुषा र सिरहा जोड्ने कमला पुल निर्माणको माग गर्दै सिरहाका स्थानीयले मधेसका मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । 

कमला पुल भत्किएको २ वर्षभन्दा बढी समय भइसक्दा समेत पुल निर्माण हुन सकेकाले नयाँ पुल निर्माणको माग गर्दै सिरहाबाट आएका स्थानीयले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । सिरहाबाट आएका प्रविण यादवले आफूहरु हुलाकी सडक अन्तर्गत पर्ने कमला पुल निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए । 

OM Sai Pathibhara Hospital

Kamala_Bridge_2

हाम्रो अभिभावक मधेस सरकार रहेको र मधेस सरकारले नै यो समस्या समाधान गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए । यादवले भने, ‘आफूहरु यहाँबाट अरु कतै यो माग लिएर जाँदैनौँ, हाम्रो माग प्रदेश सरकारले कसरी सम्बोधन गर्छ त्यो हाम्रो सरोकारको विषय होइन तर कमला पुल प्रदेश सरकारले जसरी पनि निर्माण गरि दिनु पर्‍यो।’

ज्ञापन पत्र बुझ्दै मधेसका मुख्यमन्त्री सतिश सिंहले आफूहरु कमला पुल निर्माणका लागि गम्भिर रहेको बताए । उनले संघ सरकारले अनुमति दिए आफूहरु आफ्नै बजेटबाट पनि पुल निर्माण गर्न तयार रहेपनि अधिकार नरहेकाले अहिलेसम्म कुनै ठोस कदम उठाउन नसकेको बताए । 

Kamala_Bridge_1

मुख्यमन्त्री सिंहले आफूहहरुले हुलाकी सडक निर्माणका लागि प्रधानमन्त्रीलाई भेटेर समेत जानकारी गराइसकेको बताएका छन् । 

मुख्यमन्त्री सिंहले सात दिनभित्र पूल निर्माणको प्रक्रिया अघि नबढाइए आमरण अनशनमा बस्ने आन्दोलनकारीहरुको चेतावनी प्रति भने रोष प्रकट गरेका छन् । उनले गत सात वर्षसम्म प्रदेश सरकार रहे/नरहेको जनताले अनभुति नगरेको र आफ्नो नेतृत्वको सरकार आएको दुई महिनामै यस प्रकारको अल्टिमेटम दिँदा नियोजित रुपमा आन्दोलनको प्रारम्भ गरिएको जस्तो लागेको बताए । 

Madesh_Sarkar 1