मनोरञ्जन

    Showing 2,561-2,570 of 2,735 items.
  • ‘निद्रा लाग्दैन’ सार्वजनिक

    काठमाडौँ / गायिका रचना रिमाल र सन्तोष रुचालको स्वर रहेको गीत ‘निद्रा लाग्दैन’ सार्वजनिक भएको छ  ।हरिप्रसाद गौतमको शब्द, सन्तोष रुचालको संगीत रहेको गीत हरि क्रिएसनले प्रस्तुत गरेको हो ।रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा उषा उप्रेती, केशव भट्टराई र केबी डान्स ग्रुपको नृत्य हेर्न सकिन्छ । भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । सामान्य तवरबाट निर्माण भएको भिडियोमा शिलन लम्सालको सम्पादन र सागर पौडेलको छायाङ्कन छ । 

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 129 पटक पढिएको
  • धनुष र ऐश्वर्याको डिभोर्स

    एजेन्सी / साउथ सुपरस्टार धनुष र ऐश्वर्या रजनीकान्त जोडीले अलग्गिने निर्णय लिएका छन् । साउथ सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्याले धनुषसँग अलग्गिने जानकारी सामाजिक सञ्जालका माध्यमबाट आफ्ना फ्यानलाई दिएकी छन् ।दुवैको विवाहको १८ वर्ष पुगेको छ । ऐश्वर्या रजनीकान्तका अलावा धनुषले पनि सामाजिक सञ्जालबाट अलग्गिने निर्णय सुनाउँदै आफूहरूको गोपनियताको सम्मान गर्न आग्रह गरेका छन् ।धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए । उनीहरूको विवाह हुँदा धनुष केवल २१ वर्षका र ऐश्वर्या २३ वर्षकी थिइन् । दुवैको विवाह तमिल रीतिरिवाज अनुसार भएको थियो । उनीहरूको दुई छोरा छन्, एकको नाम यात्रा राजा र अर्कोको नाम लिङ्गा

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 141 पटक पढिएको
  • सुन्तली र बलेको जाला जोवन सार्वजनिक ( भिडियो सहित )

    बिर्तामोड / कुञ्जना घिमिरे सुन्तली र सागर लम्साल बले फिचर्ड रहेको जाला जोवन बोलको गीत सार्वजनिक भएको छ । डान्सिङ नम्बरको उक्त गीतमा गायक रेवती घिमिरे र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । गीतको शब्द संगीता घिमिरेले लेखेकी छिन् भने, भिडियोको निर्देशन एवं कोरियोग्राफी गम्भिर विष्टले गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् । पछिल्लो समय कुञ्जना र सागर म्युजिक भिडियोमा व्यस्त छन् ।

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 191 पटक पढिएको
  • अभिनेता विपिन कार्कीले बलिउड अभिनेता रणवीर कपूर सँग स्क्रिन सेयर गर्ने

     अभिनेता विपिन कार्कीले बलिउड अभिनेता रणवीर कपूर सँग स्क्रिन सेयर गर्ने भएका छन् l सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने 'एनिमल' मा उनी देखिने भएका हुन् l विपिन फिल्ममा अडिसन दिएर छानिएका होइनन् । मुम्बईबाट निर्माण टिमले सिधै फोन गरेर उनलाई फिल्म खेल्ने प्रस्ताव गरेको हो । निर्देशक सन्दीपको भाइ प्रणय रेड्डीले फोन गरेर फिल्ममा काम गर्ने प्रस्ताव गरेको कार्कीको भनाइ छ l विपिनले फिल्मको स्क्रिप्ट पाएका छैनन् तर  फिल्ममा उनका अधिकांश दृश्य अनिल कपुरसँग छन् । ‘एनिमल’को अहिले दोस्रो सेड्युलको सुटिङ चलिरहेको छ । मुम्बईमा नै हुने अन्तिम सेड्युलमा विपिन जोडिनेछन् । फिल्ममा रनवीर कपुर, अनिल कपु

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 192 पटक पढिएको
  • पवनदीप नेपाल आउँदै

    काठमाडौँ  /  इन्डियन आइडल पवनदीप राजन  नेपाल आउने भएका छन् । आगामी माघ १ गते ठमेलस्थित एल ओ डी क्लबमा हुने कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् ।पनवदीप १२ औं संस्करणको इन्डियन आइडल  विजेता समेत हुन् । क्लबका निर्देशक रविन श्रेष्ठले अंग्रेजी वर्षको सुरुवातीमा इन्डियन आइडल पवनदीपलाई ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको जानकारी दिए ।बाह्य पर्यटकको आगमन नभए पनि आन्तरिक पर्यटकले ठमेल धानिरहेको भन्दै उनले पछिल्लो मुलुकमा निषेधाज्ञा खुकुलो भएपछि रात्रिकालीन समयमा रमाउने मानिसहरूको भीड बढ्दै गइरहेको दाबी गरे ।कोभिड सङ्क्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौत

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 141 पटक पढिएको
  • ओमिक्रोनको त्रासले चलचित्र ‘राधेश्याम ’ पनि पोष्टपोन्ड

    काठमाडौं । भारतमा कोरोना त्रासका कारण धमाधम चलचित्रहरूको रिलिज पोष्टपोन्ड  भइरहेका छन् । बलिउड तथा साउथका चलचित्रहरूको प्रदर्शन मिति धमाधम पोष्टपोन्ड भएका छन् भने अधिकांश राज्यका सिनेमाहलहरु समेत बन्द भइसकेका छन् ।सर्वाधिक प्रतीक्षित चलचित्र ‘आरआरआर’ जनवरी ७ बाट पोष्टपोन्ड भइसकेको छ भने अर्को प्रतीक्षित साउथका सुपरस्टार प्रभास र अभिनेत्री पूजा हेग्डेको मुख्य भूमिका रहेको चलचित्र राधे श्यामको प्रदर्शन मिति पनि पछि सारिएको छ । यो चलचित्रलाई जनवरी १४ मै ल्याउने तयारी यसको निर्माणपक्षले गरेको भएपनि कोरोनाको त्रासका कारण पोष्टपोन्ड गरिएको हो । त्यस्तै, साउथकै अर्का स्टार अजित कुमार अभिनीत

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 179 पटक पढिएको
  • नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन उड्डयनमन्त्री आलेको रोक

     काठमाण्डौ //नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रोक लगाएका छन्।  दरबारभित्र रेस्टुन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेको थियो। उड्डयनमन्त्री आलेको निर्देशनमा मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यबस्थापन तथा सञ्चालम विकास समितिले दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन दिएको हो।  समितिले २० पुसमा बि. म्यानेजमेन्ट प्रा.लिलाई पत्र काटेर निर्माण कार्य रोक्न निर्देशन दिएको बताइएको छ।

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 209 पटक पढिएको
  • रगतले लतपतिएको रातो झण्डा !

    सुरेश सुवेदीतिम्रो रगतले लत्पतिएकोत्यो रातो झन्डामाआज कालो दाग लागेको छ ।तिम्रो पसिनाले फुलेको त्यो फुलमाआज झुसिलकिराको राज छ ।तिम्रो आशुको थोपाले सिर्जित त्यो दर्शनमा आज धमिराको वास छ ।अनि उनीहरू भन्छ्न्रटान लगायौ सुगा झैयुग परिवर्तन भएको छ ।सकिन अब हिड्‌नचोरको पनि एक भोट, तिम्रो पनित्यही भोटको जोडलेसाम्यवादको रथ गुड्छहो, म भन्छुहिजो पेत्रोगादमा रगत किन बग्यो,तियमेन स्क्वायरमाअनि सुखानी छिन्ताङ र खोर्सानेमागोलीको पर्‍रा किन छुट्यो,जेल किन बने, हतकडी किन ठोकियोयो त वर्गीय सत्ता हो ।वर्गीय सत्ताले दमन गर्छ । दमनको प्रतिरोध गर्न खुट्टा कमाउँछौ भनेछोड तो रातो झण्डा, छोड ती आदर

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 415 पटक पढिएको
  • र्‍यापर लाहुरे लागूऔषध मुद्दामा पोखराबाट पक्राउ

    काठमाडौं  / र्‍यापर आशिष राना (लाहुरे) लाई प्रहरीले पक्राउ गरेको छ । लाहुरे नामले परिचित रानालाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । थापाका अनुसार उनलाई लागूऔषध मुद्दामा हिजो (बुधबार) बेलुका पक्राउ गरिएको हो । ‘एक जना लाहुरे भन्ने आशिष रानालाई हामीले लागूऔषधको मुद्दामा ल्याएका छौं,’ प्रहरी उपरीक्षक थापाले भने, ‘अनुसन्धानको क्रममा छ।’उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगयात गीतहरू चर्चित छन्। उनले ताण्डव सिनेमामा पनि खेलेका छन्।

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 154 पटक पढिएको
  • ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न

    विराटनगर / थालासेमिया पीडित बिरामीको उपचारका लागि मोरङको विराटनगरमा आयोजित ‘च्यारिटी सो’ सम्पन्न भएको छ ।क्रिसमस इभको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न भएको हो । हालसम्म मोरङ, सुनसरी र प्रदेश २ का विभिन्न जिल्लाका गरि सम्पर्कमा आएका १०५ जना थालासेमिया पीडित बिरामीहरू उपचारमा सहयोग पुर्याउन कार्यक्रमको आयोजना गरिएको थियो । सम्पर्कमा आएका बिरामीहरूमध्ये सुरुवाती चरणमा कम्तीमा २० परिवारको स्वास्थ्य बिमा गर्ने तयारी गरेको आयोजक संस्थाका अध्यक्ष भुवन दाहालले कार्यक्रमको दौरान बताए ।आवर प्रोडक्सन कम्पनीको आयोजनामा स

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 127 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.