एजेन्सी / अश्लिल भिडियो पोस्ट गर्ने म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । संस्कृति र मर्यादालाई हानी पुर्याउने कार्य गरेको भन्दै मोडल नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई १५ वर्ष जेल सजाय सुनाइएको हो । 

विगत केही महिना यतादेखि उनीहरूले एक्जान्ट्रियाओन्लीफ्यान्समा पोस्ट गर्दै आएका आएका थिए । अश्लिल भिडियो हालेपछि उनीहरु दुबै मोडेलविरुद्ध विद्युतीय कारोबार कानून अन्तर्गत मुद्दा चलाइएको थियो ।  सोही मुद्दाको फैसला गर्दै उनीहरूलाई १५ वर्ष जेल सजाय सुनाइएको हो । 

OM Sai Pathibhara Hospital

सैन्य कु पछि सन् २०२१ मा शक्ति हातमा लिएपछि जुन्ताले म्यानमारको परम्परागत संस्कृतिलाई संरक्षण गर्न खोजिरहेको छ । सरकारले अनलाइन सामग्रीमा नियन्त्रण र मनोरजनपूर्ण सामाग्रीमा सेन्सर लगाएको छ ।

वेबसाइटहरुमा अश्लिल सामग्री पोस्ट गर्ने र म्यानमारमा महिलाहरूको लज्जा र विनम्रतालाई हानी पुर्याउने अन्यलाई पत्ता लगाई प्रभावकारी कारबाही गरिने सेनाको विज्ञप्तिमा चेतावनी दिइएको छ ।