काठमाडौँ  / सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक मनाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना २०७९ सार्वजनिक गरेको हो । 

मन्त्रालयले आगामी तीन महिनाभित्र नेपाल भ्रमण देशको घोषणा गरिसक्ने जनाएको छ। यसअघि सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा गरेपनि बीचमै सिर्जित कोभिड –१९ का कारण प्रभावित हुन पुगेको थियो । 

OM Sai Pathibhara Hospital

यस्तै, मन्त्रालयले प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक रुपमा प्रयोगमा ल्याउने जनाएको छ। मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाउ’ अभियान समेत सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवर्द्धन गर्न अवधारणाहरू काठमाडौँ, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा अभियान सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।