काठमाडौँ / नेपाली चलचित्र क्षेत्रका चर्चित नायक अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाहीलाई शुक्रबार बिहान एक कार्यक्रमका बीच गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी प्रवेश गराएका हुन् ।

मन्त्री निवास पुल्चोकमा आयोजित कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेत, अध्यक्ष विद्वान गुरुङलगायतको उपस्थिति थियो । केही समय  अघि नायक भुवन के सी पनि कांग्रेसमा प्रवेश गरेका थिए । 

OM Sai Pathibhara Hospital