झापा / खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले पद्माश्री साहित्य पुरस्कारका लागि पाँच उत्कृष्ट पुस्तक छनौट गरेको छ । तीन चरणमा कृतिहरू सिफारिस गर्न गठन गरिएको निर्णायक समितिले उत्कृष्ट पाँच पुस्तक चयन गरेको हो । 

छनौट भएका शीर्ष पाँच पुस्तकमा डा. नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, दीपक पराजुलीको ‘मिथ्या’ र केवल बिनाबीको ‘यादहरूको सङ्ग्रहालय’ रहेका छन् ।

OM Sai Pathibhara Hospital

२०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरू मध्येबाट समितिले सिफारिस गरेका १५ वटा कृतिहरूको विस्तारित सूची गत असार १५ गते सार्वजनिक भएको थियो ।  

२०७८ सालभित्र प्रकाशन भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरू मध्येबाट यी पाँच कृति छनौट गरिएको हो । कृति छनोटका लागि गठन गरिएको निर्णायक समितिमा राम लोहनीको संयोजकत्वमा स्रष्टाहरू नयनराज पाण्डे र कुमारी लामा छन् । 

यी पाँचमध्येबाट उत्कृष्ट कृति पद्मश्री पुरस्कारका लागि छनोट गरिने खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले २०६३ सालदेखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।