मनोरञ्जन

    Showing 2,531-2,540 of 2,830 items.
  • फुर्वाले गरे अभिनेत्री मिरुना र ठकुरीविरुद्ध मुद्दा दायर

    झापा  / अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङबीचको कुटपिट प्रकरण अदालतसम्म पुगेको छ ।तामाङले बुधबार मिरुना र फिल्म प्राविधिक पृथ्वी सिंह ठकुरीविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका हुन् । गत जेठ १५ गते काठमाडौंको सिभिल मलमा मिरुनाले आफूमाथि तामाङले दुर्व्यवहार गरेको भन्दै तामाङलाई सार्वजनिक स्थानमा थप्पड हानेकी थिइन् । सो घटनापछि तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।प्रहरीले तामाङलाई नियन्त्रणमा लिएपछि प्रदर्शनकारीले अभिनेत्री मिरुना अभिनीत ‘कबड्डी ४’ को प्रदर्शन रोक्नुपर्ने भन्दै प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनपछि केएल ट

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 155 पटक पढिएको
  • देउडा गायक हरिचन्द्रको निधन

    बझाङ / वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । उनको बुधबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बझाङको छबिसपाथिभेरा गाउँपालिका –२ मुम्ला निवासी ५४ वर्षीय कडायतमा मस्तिष्कघात भएपछि उनलाई नवजीवन अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । कडायत २०५० सालदेखि देउडा गायन सक्रिय थिए ।उनले ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘लंकाभरी सुन छ’, ‘ल बिणी खान्या की’ लगायत दर्जनौँ चर्चित गीतमा आवाज दिएका छन् । 

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 157 पटक पढिएको
  • छक्कापञ्जा -४ को छायांकन शुरु, के जितु नेपाल समेटिएलान् ?

    काठमाडौं / नेपाली चलचित्र छक्कापञ्जा- ४ को छायांकन शुरु भएको छ । हेमराज बि सी ले निर्देशन सोमवार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायांकन शुरु गरिएको हो ।दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्नेछन् । आगामी कार्तिकमा फिल्म प्रदर्शन गर्ने टिमको योजना छ । सञ्चारकर्मीहरूसँगको कुराकानीमा कलाकार दीपकराज गिरीले फिल्म कलाकार जितु नेपालसँग आफ्नो कुनै दुश्मनी नरहेको बताए । उनले एकअर्काका फिल्ममा सबैले फूल लगेर दिने र सफलताको शुभकामना दिने गरेको बताए ।उनलेले फिल्ममा शहरको कथावस्तु रहेको बताए । त्यस्तै कलाकार केदार घिमिरेले फिल्मको कथावस्तु ले

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 142 पटक पढिएको
  • सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक मनाउने घोषणा

    काठमाडौँ  / सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक मनाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना २०७९ सार्वजनिक गरेको हो । मन्त्रालयले आगामी तीन महिनाभित्र नेपाल भ्रमण देशको घोषणा गरिसक्ने जनाएको छ। यसअघि सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा गरेपनि बीचमै सिर्जित कोभिड –१९ का कारण प्रभावित हुन पुगेको थियो । यस्तै, मन्त्रालयले प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक रुपमा प्रयोगमा ल्याउने जनाएको छ। मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाउ’ अभियान समेत सञ्चालन गर्ने भएको छ ।का

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 121 पटक पढिएको
  • सफल भयो नीता र हरिहरको प्रेम

    काठमाडौं / अभिनेत्री नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । उनीहरू शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका हुन् ।करिब चार वर्षअघिदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरको विवाह काठमाडौंको याक एण्ड यति होटलमा सम्पन्न भएको हो ।वैवाहिक समारोहमा सरोज खनाललगायत केही चलचित्रकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए ।

    • प्रकाशित मितिः असार २४, २०७९
    • 163 पटक पढिएको
  • प्रचण्ड भेट्न राजेश हमाल पुगे खुमलटार, के–के भयो कुराकानी ?

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न शुक्रबार बिहान अभिनेता हमाल खुम्लाटार पुगेका हुन् । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेपछि आकाङ्क्षीहरू शक्ति केन्द्र धाइरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।भेटघाटको समन्वय गरेका संगीतकार चेतन सापकोटाका अनुसार अध्यक्ष प्रचण्ड र हमालबीच समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको थियो । भेटवार्तामा हमालले प्रचण्डको खुलेर प्रशंसा गरेका छन्।साथै

    • प्रकाशित मितिः असार १७, २०७९
    • 157 पटक पढिएको
  • लोकदोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ

    काठमाडौँ / लोकदोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृतावस्थामा भेटिएकी छिन् । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन् ।  पतिसँग सम्बन्धविच्छेद गरेपश्चात् केही वर्षयता एक्लै बस्दै आएकी गायिका दिलमायाले शुक्रबार राति आफूलाई बाँच्न गाह्रो भएको भन्दै फेसबुकमा लामो स्टाटस लेखेकी थिइन् । त्यसमा उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिन उल्लेख गरेकी छन् ।स्टाटस लेखेको भोलिपल्ट हिजो (शनिबार) बेलुका १०ः४५ बजे कोठामा सुतेको अवस्थामा उनी मृत भेटिएकी हुन् । प्रहरीको प्रारम्भिक

    • प्रकाशित मितिः असार १२, २०७९
    • 168 पटक पढिएको
  • चलचित्र विकास बोर्ड अध्यक्षका लागि आवेदन माग

    काठमाडौँ / चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको छ । अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकाले दरखास्त पेश गर्न सूचना प्रकाशित गरिएको उल्लेख छ । दरखास्त पेश गर्ने ३० वर्ष पुरा भई ६४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । यस्तै, कुनै विषयमा स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रुपमा कम्तीमा दश वर्ष

    • प्रकाशित मितिः असार ५, २०७९
    • 122 पटक पढिएको
  • मिस नेपालको फाइनल आज

    काठमाडौं  / मिस नेपालको ग्रान्ड फिनाले आज हुँदैछ । बेलुका ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीले ताजका लागि प्रतिस्पर्धा गर्दैछन् ।६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका छन् । ९ वटा सब–टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ ।आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् । विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्रयाइदिने छिन् ।कोरोना महामारीका कारण अघिल्ला २ वर्ष रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो ।

    • प्रकाशित मितिः असार ४, २०७९
    • 123 पटक पढिएको
  • सिक्किम सरकारले रोक्यो कबड्डी ४ को प्रदर्शन

    काठमाडौँ / शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘कबड्डी ४’ को प्रदर्शनमा भारतको सिक्किम सरकारले रोक लगाएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङका अनुसार सिक्किमका जनता र विभिन्न संस्थाको संवेदनलाई ध्यानमा राख्दै  ‘कबड्डी ४’ को प्रदर्शनमा रोक लगाइएको हो । ‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ,’ उनले उल्लेख गरेका छन् ।गत साता अलइन्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्मगुरुले पत्रकार सम्मेलन गर्दै फिल्मलाई रोक लगाउन आग्रह गरेका थिए ।‘क

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 155 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.