काठमाडौँ / अभिनेता सलोन बस्नेत र उनकी प्रेमिका करिश्मा केसी विवाह बन्धनमा बाँधिने भएका छन् । आगामी मंसिर १२ गते यि दुईले विवाह गर्ने भएका हुन् । सलोन र करिश्मा चार वर्षदेखि प्रेम सम्बन्धमा थिए करिश्मा नेपाल एयरलाइन्सकी एयरहोस्टेज हुन् । पारिवारिक स्रोतका अनुसार उनीहरूको विवाह परम्परा अनुसार गरिने योजनामा छ ।