काठमाडौँ / अभिनेता अनमोल केसीको अभिनय रहेको फिल्म ‘छड्के २’ फागुन १९ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ  । निर्माण युनिटले मंगलबार फिल्मको एक पोष्टर सहित फिल्मको रिलिज मिति बाहिर ल्याएको हो ।  ‘छड्के २’ सँगै यो मितिमा रिलिज हुनेको संख्या ५ पुगेको छ । जसमा ‘वर एन्ड बधु’, ‘परस्त्री’, ‘बुलाकी’ र ‘छक्का पञ्जा ४’ रहेका छन् । ‘छड्के २’ अनमोल ग्याङस्टारको भूमिकामा देखिन लागेको फिल्म हो । पोस्टरमा पनि उनी लामो कपाल र कालो चस्मामा बाइक चलाउँदै देखिएका छन् भने उनको  पछाडि ग्याङस्टार हुलियामा केही केटाहरू बाइकमा सवार छन् । 

ग्याङस्टारको कथामा बनेको फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन् । लेखन समेत निर्देशक श्रेष्ठको रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, रेशा आलेमगर लगायतको अभिनय छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ हुन् । लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कुल कार्यकारी निर्माता रहेको फिल्मको चितवन र मुस्ताङमा छायांकन भएको हो