काठमाडौँ / कात्तिक १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिलन’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो इसारा काफी छ’ बोलको रोमान्टिक गीतमा राजु सेन्चुरीको शब्द रचना तथा संगीत रहेको छ भने प्रविशा अधिकारी र कौशलराज खड्काले स्वर दिएका छन् । कविराज गहतराजको कोरियाग्राफी रहेको गीतको भिडियोमा फिल्मका नायक कुशल शाह र नायिका शिल्पा थापा फिचर छन् ।

निर्माण टिमले गीत सार्वजनिक गर्दै टिकटक प्रतियोगिताको समेत घोषणा गरेको छ । सार्वजनिक उक्त गीतमा टिकटक बनाउने तथा गीतको क्लिप अपलोड गर्नेहरूलाई भ्युजको आधारमा उत्कृष्ट ५ छनोट गरेर क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गर्न लागिएको हो । साथै, उक्त गीतमा टिकटक बनाउनेमध्येका उत्कृष्ट एकले १० हजार पुरस्कार पनि प्राप्त गर्नेछन् ।

OM Sai Pathibhara Hospital

फिल्मका निर्देशक टेक पौरखी राईले राम्रो टिकटक बनाउनेहरुको पनि भ्युज नआउन सक्ने भन्दै ‘क्रिएटिभ’ टिकटकलाई स्थान दिइने बताए । निर्माण टिमको छनोटमा परेका १० टिकटकमध्ये पहिलोलाई १० हजार र क्रमशः ९, ८, ७ गर्दै १ हजारसम्म जित्ने अवसर दिएको छ । असोज १० गतेदेखि असोज २० गतेसम्म आफ्नो टिकटक भिडियो फिल्मको फेसबुक पेजमा पठाउनुपर्नेछ ।