काठमाडौं / कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले फेरी पक्राउ गरेको छ । नेवार समुदायमाथि आँच आउनेगरी कमेडी गरेको भन्दैयसअघि उनीमाथि अनुसन्धान गरिएको थियो । अनुसन्धान सकिएपछि अदालत जानेबेलामा बिरामी भएपछि छोडिएको थियो ।

त्यही केस बुझाउनका लागि हिरासतमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए । उनले भने, ‘अस्तिको मुद्दा बुझाउन बाँकी थियो, त्यसैका लागि नियन्त्रण गरिएको हो ।’ भोलि वा पर्सि मुद्दा बुझाइने उनले बताए ।