झापा / पछिल्लो समय नेपाली अभिनेता प्रदीप खड्काको लोकप्रियता भारतमा दिन प्रतिदिन बढ्दै गइरहेको छ । प्रदीपलाई मुम्बईको एक फिल्म प्रोजेक्टबाट अभिनयको प्रस्ताव आएको तर निधो भइनसकेको उनी निकट स्रोतले जानकारी दिएको छ । केही दिन अगि भारतीय अभिनेत्री सोनाक्षी सिन्हा स्टारर फिल्म ‘डबल एक्सएल’ को मुम्बई प्रिमियरमा प्रदीप सहभागी भएकाको कुराले निकै चर्चा परेको थियो । उक्त फिल्मका अभिनेता जाहिर इक्बालको निम्तोमा प्रदीप प्रिमियरमा सहभागी भएका हुन । उनीसँगै व्यवसायी निर्वाण चौधरी पनि उपस्थित रहेका थिए ।

रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा फिल्म हेरेपछि प्रदीपले प्रशंसा समेत गरेका थिए । प्रिमियरपछि आयोजित होम पार्टीमा सोनाक्षी र प्रदीपबीच भलाकुसारी समेत भयो । आफू नेपाल घुम्न गएको जानकारी दिँदै सोनाक्षीले के प्रदीपजस्तो ट्यालेन्ट अभिनेता नेपालमा पनि छन् ? भनेर जिज्ञासा राखेकी थिइन् ।