झापा / गायिका समीक्षा अधिकारीमाथि सङ्खुवासभामा ढुङ्गा प्रहार भएको छ । ढुङ्गा प्रहार गरिए पश्चात समीक्षाले स्टेजबाटै यसो नगरिदिनुस्, तपाईंको घरमा पनि दिदी बहिनी होलान्,राम्रो,नराम्रो भन्ने त जसको पनि भइहाल्छ नि भन्ने आशय व्यक्त गरेकी थिइन् ।

सङ्खुवासभा खाँदबारी पाङ्ठाको एक सांगीतिक कार्यक्रममा अधिकारीले प्रस्तुति दिने समयमा होहल्ला भएर तनाव सिर्जना भएको हो । भने कार्यक्रमस्थलमा खैलाबैला मच्चिएको थियो ।