झापा / भारतमा सम्पन्न ‘मिस्टर युनिर्भसल–२०२२’ मा नेपालको प्रतिनिधित्व गरेका सफलजंग शाह फस्ट रनरअपसहित दु्ई वटा टाइटल उपाधि जितेका छन् ।

नेपालसहित एक दर्जनभन्दा बढी देशका प्रतिस्पर्धी रहेको उक्त प्रतियोगतामा शाहले ‘फस्ट रनरअफ’सहित ‘मिस्टर युनिभर्सल नेपाल’को टाइटल जित्न सफल भएका हुन् ।

OM Sai Pathibhara Hospital

प्रतियोगितामा फिलिपिन्सका प्रतिस्पर्धीले ‘मिस्टर युनिभर्सल वल्ड–२०२२’को उपाधि जिते भने अफगानिस्तानका प्रतिस्पर्धीले ‘मिस्टर युनिभर्सल टिन–२०२२’ हात पारेका छन् ।

प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, फिलिपिन्स, दुबई, पाकिस्तान र बंगलादेशसहित दर्जनभन्दा बढी देशका प्रतिस्पर्धी सहभागी थिए ।