खेलकुद

    Showing 1,381-1,390 of 1,600 items.
  • टी–२० विश्व कप एसिया छनोट : नेपालले हङकङलाई दियो १ सय ५ रनको लक्ष्य

    काठमाडौं / नेपालले आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको पहिलो खेलमा हङकङलाई १ सय ५ रनको मध्यम लक्ष्य दिएको छ ।आईसीसी एकेडेमी ग्राउन्ड नम्बर टु मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनायो । नेपालका लागि सीता राना मगरले सर्वाधिक ४० रन जोडिन् । यस्तै, इन्दु बर्माले ३१ रन बनाइन् । हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक/एक विकेट लिए । १ सय ५ रनको लक्ष्य पछ्याइरहेको हङकङले जवाफी ब्याटिङ थालेको छ । 

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 170 पटक पढिएको
  • राखेपको सदस्य सचिवका लागि दरखास्त आह्वान

    काठमाडौं / युवा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवका लागि दरखास्त आह्वान भएको छ गरेको छ ।  मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि ३१ असोज मन्त्रिपरिषद् बैठकले तत्कालीन सदस्यसचिव रमेश सिलवाललाई बरखास्त गरेको थियो । त्यसयता राखेप सदस्यसचिव विहीन छ । सदस्य सचिव बन्न योग्यता पुगेका व्यक्तिले सात दिन

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 200 पटक पढिएको
  • झापामा प्रदेश स्तरीय बडी बिल्डिङ च्याम्पियनसिप हुँदै

    झापा / झापामा प्रदेश स्तरीय बडी बिल्डिङ च्याम्पियनसिप हुने भएको छ । बिर्तामोड ५ मा रहेको बडी ग्यारेजको आयोजनामा फागुन २७ र २८ गते  प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिप हुने भएको हो । प्रतियोगितामा एक सय जना महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी माथि तौल समूहको छुट्टा छुट्टै प्रतिष्पर्धा हुने र  प्रतियोगिताका ओभरल च्याम्पेनसिपले तीन लाख रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै फस्ट र सेकेन्ड रनरअपले दुई लाख र एक लाख रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल आयोजक समिति संय

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 154 पटक पढिएको
  • पबजी विश्वकप आजबाट शुरु

    एजेन्सी / आज पबजी विश्वकप शुरु भएको छ । पछिल्लो समय विश्वमै लोकप्रियता कमाएको उक्त खेल बनाउने कम्पनी क्राफ्टनले पबजी खेलाडीकै लागि भनेर पबजी ग्लोबल च्याम्पियनसिप ल्याएको हो । प्रतियोगिता आज (शुक्रबार) बिहानदेखि सुरु भएको छ र १९ डिसेम्बरसम्म चल्ने छ । पबजी ग्लोबल च्याम्पियनसिपमा विश्वभरबाट ३२ टिम सहभागी भएका छन् । सबै टिमलाई गरेर कूल १८ लाख ६० हजार डलर (२२ करोड रुपैयाँ) पुरस्कार दिइनेछ। यी मध्ये पहिलोदेखि १६ औं स्थानसम्म रहने टिमले फरक फरक राशि पुरस्कार पाउनेछन्। १७ देखि २०, २१ देखि २४ र २५ देखि ३२ औं स्थानमा रहने टिमहरूलाई समान राशीको पुरस्कार दिइनेछ।प्रतियोगिताको फाइनल तीन दिनसम्म च

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 236 पटक पढिएको
  • रोनाल्डोलाई पछि पार्दै मेस्सीले हात पारे , गोल ५० अवार्ड

    एजेन्सी  / अर्जेन्टिनाका कप्तान एवं फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले  गोल ५० वेस्ट प्लेयर अवार्ड हात पारेका छन् ।अर्जेन्टिनाका फरवार्ड मेस्सीले समर्थकबाट सर्वाधिक धेरै भोट प्राप्त गर्दै गोल डटकमले प्रदान गर्ने २०२१ को अवार्ड जितेका हुन् ।मेस्सीले म्यान्चेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड जितेका हुन् । गत वर्षको विजेता रोबर्ट लेवान्डोस्की यसपटक भने तेस्रो स्थानमा रहेका छन्  ।मेस्सीले पाँचौं पटक गोल ५० अवार्ड पाएका हुन् । उनले रोनाल्डोले बनाएको सर्वाधिक धेरै यो अवार्ड जित्ने खेलाडीको कीर्तिमानलाई बराबरी समेत गरेका छन् । म

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 205 पटक पढिएको
  • ब्राजिलसँग बराबरीमा रोकियो अर्जेन्टिना

    एजेन्सी / अर्जेन्टिनाले ब्राजिलसँग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना घरेलु मैदानमा ब्राजिलसँग गोलरहित बराबरीमा रोकिएको हो । स्टार खेलाडी नेयमार बिना मैदान उत्रिएको ब्राजिलले कप्तान लिओनल मेस्सी सहितको अर्जेन्टिनालाई रोक्न सफल भयो । अर्जेन्टिना बल पोसेसनमा बलियो देखिएपनि गोल भने गर्न असफल भयो । बराबरीसँगै ब्राजिलले १३ खेलबाट ३५ अंक जोड्दै शीर्ष स्थानमा छ । अर्जेन्टिनाको १३ खेलमा २९ अंक सहित दोस्रो स्थानमा छ । इक्वेडर १४ खेलमा २३ अंकसहित तेस्रो तथा समान खेलमा कोलोम्बिया १८ अंक सहित चौथो स्थानमा छ ।

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 215 पटक पढिएको
  • सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलमा इंग्ल्यान्ड छनोट

    काठमाडौँ  / सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलमा  इंग्ल्यान्ड छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत गएराति सान मारिनोलाई १०–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो । इंग्ल्यान्डको जितमा ह्यारी केनले चार गोल गरे । सान मारिनोका फिलिप्पोले एक आत्मघाती गोल गरेका थिए । यस जितसँगै समूह आई को इंग्ल्यान्डले १० खेलमा २६ अंक जोडेको छ । सान मारिनोले भने १० खेलमा अंक जोड्न सकेको छैन् ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 180 पटक पढिएको
  • आइसीसीको उत्कृष्ट ११ खेलाडीमा परेन भारत !

    एजेन्सी / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०२१ टि –२० विश्वकपका प्रदर्शनको आधारमा ११ उत्कृष्ट खेलाडीको नाम सार्वजनिक गरेको छ । आइसीसीले टि–२० विश्वकप २०२१ को मोष्ट भ्यालुएबल टिम अफ द टुर्नामेन्ट सार्वजनिक गर्दा उत्कृष्ट ११ खेलाडीमा भारतीय एक खेलाडी पनि परेका छैनन् ।आइतबार फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । आइसीसीले सार्वजनिक गरेको मोष्ट भ्यालुएबल टिम अफ द टुनामेन्टमा भारतीय खेलाडीसँगै विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका पाकिस्तानका ओपनर मोहम्मद रिजवान पनि छैनन् । आइसीसीको विश्वकप उत्कृष्ट टोलीमा अष्ट्रेलियाबाट सर्वाधिक तीन खेलाड

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 191 पटक पढिएको
  • टी –२० सिरिज खेल्न महिला क्रिकेट टिम कतार प्रस्थान

    काठमाडौं  / नेपाली राष्ट्रिय महिला क्रिकेट टिम कतार प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार टी –२० सिरिज खेल्न उक्त टिम कतार प्रस्थान गरेको हो । नेपालले कतारसँग तीन खेलको टी –२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।कतारमा तीन खेल खेलेपछि रूबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली नोभेम्बर १९ मा यूएईको दुबई प्रस्थान गर्नेछ । एसियाली छनोट नोभेम्बर २२ देखि सुरु हुनेछ ।मंसिर ६ देखि १२ (नोभेम्बर २२ देखि २८) सम्म यूएईमा हुने टी –२० महिला विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ ।सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी –

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 157 पटक पढिएको
  • विश्वकप २०२२ का लागि ब्राजिल छनोट

    काठमाडौँ  / ब्राजिल कतारमा हुने विश्वकप २०२२ का लागि छनोट भएको छ । शुक्रबार कोलम्बियालाई १–० गोलले हराएर ब्राजिल विश्वकप २०२० का लागि छनोट भएको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिलसँगै अहिलेसम्म युरोपबाट जर्मनी र डेनमार्क तथा आयोजकका रुपमा कतार अबको  प्रतियोगिताका लागि छनोट भइसकेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटका १२ खेलमध्ये ११ औं जित निकालेको ब्राजिल यस चरणका छ खेल अगाडि नै कतारको टिकट काट्न सफल भएको हो ।विश्वकप इतिहासमा प्रतियोगिताको अन्तिम चरणका लागि प्रत्येक संस्करणमा छनोट हुन सफल एक्लो टिम ब्राजिल रहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 201 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.