एजेन्सी / इंग्लिस क्लब टोटनहमलाई १–० ले पराजित गर्दै चेल्सी आरावाओ कप अर्थात इंग्लिस फुटबल लिगको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार लन्डनमा भएको दोस्रो लेगको जितसँगै समग्रमा ३–० ले विजयी हुँदै चेल्सी उपाधि नजिक पुगेको हो । चेल्सीले उपाधिका लागि वेम्बली रङ्गशालामा लिभरपुल र आर्सनलबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

OM Sai Pathibhara Hospital

खेलको १८ औँ मिनेटमा एन्टोनियो रुडिगरको गोलमा चेल्सी विजयी बनेको हो । म्यासन माउन्टको कर्नरमा रुडिगरले हेड मार्फत गोल गरेका थिए ।