काठमाडौं / अखिल नेपाल फुटबल संघ एन्फा र साउदी अरेबियन फुटबल फेडेरेसन साफ बीच फुटबलको विभिन्न पक्षको विकासका लागि सम्झौता भएको छ ।

एन्फा र साफबीच दुई वर्षको सम्झौता भएको हो । सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालले हस्ताक्षर गर्दै आदानप्रदान गरेका छन । सम्झौता साउदी अरबमै भएको हो । एन्फा अध्यक्ष शेर्पा एक सातादेखि साउदीको भ्रमणमा रहेका छन् ।

OM Sai Pathibhara Hospital

सम्झौता अनुसार दुबै देशले फुटबल गतिविधिका लागि एक अर्कालाई आतिथ्यता प्रदान गर्नेछ । दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, उमेर समूह यू–१७, यू–२०यू–२३ को प्रशिक्षणका सहयोग आदानप्रदान हुनेछ ।

यस्तै रेफ्री बिकास, रेफ्री शिक्षा, भीएआर सीप र रेफ्री नियुक्तिसम्बन्धी कार्यक्रमसँगै युवा फुटबल विकासका लागि विभिन्न कार्यशाला, बैठक र सेमिनारहरू आयोजना गरिने सम्झौतामा उल्लेख छ ।