काठमाडौँ /  बायर्न म्युनिख र पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेका छन् । 

लेवान्डोस्कीले वर्ष २०२१ को फिफा उत्कृष्ट पुरुष फुटबल खेलाडीको अवार्ड जित्दा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोलाई विशेष सम्मान दिइएको छ । 

OM Sai Pathibhara Hospital

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वाधिक गोल गरेकोमा रोनाल्डोलाई विशेष सम्मान गरिएको हो ।

३३ वर्षका पोल्यान्डका खेलाडी लेवान्डोस्कीले लगातार दोस्रो वर्ष फिफा वर्ष खेलाडीको अवार्ड हात पारेका हुन् । उनले सन् २०२१ मा ६९ गोल गरेका थिए ।

उनले बुन्डेसलिगा अन्तर्गत एकै सिजनको लिगमा ३४ खेलमा ४३ गोल गरेका थिए । 

लेवान्डोस्कीले लिभरपुलका मोहम्मद सालह र पेरिस सेन्ट जर्मेनका लियोनल मेसीलाई पछि पारेर वर्ष खेलाडी अवार्ड जितेका हुन् ।

फिफा वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितेकी छिन् ।