काठमाडौँ / भारतीय टेस्ट क्रिकेट टिमका कप्तान विराट कोहलीले राजीनामा दिएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले कप्तानीबाट राजीनामा दिएको बताएका हुन्।

सन् २०१४ मा टेस्ट क्रिकेट टिमको कप्तानी सम्हालेका कोहलीले आफूले यस अवधिभर इमानदारिता पूर्वक काम गरेको बताए। 

OM Sai Pathibhara Hospital

‘यात्राका क्रममा धेरै आरोह अवरोह आए तर त्यसलाई डग्मगाउन दिइनँ’, विज्ञप्ति जारी गर्दै उनले भनेका छन्।

उनले आफूलाई कप्तानीको अवसर दिएको भन्दै भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई धन्यवाद दिएका छन्। दुई महिनाअघि मात्रै टी–ट्वान्टी क्रिकेट टिमको कप्तानीबाट उनले राजीनामा दिएका थिए।