एजेन्सी / युभेन्ट्सलाई पराजित गर्दै इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा युभेन्टसलाई २–१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले उपाधि जितेको हो ।
इन्टर मिलानलाई उपाधि दिलाउनको लागि लोउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले समान एक/एक गोल गरेका छन् । युभेन्ट्सका वेस्टन म्याकेनीले गरेको गोल सान्त्वना बन्यो ।
त्यो पछि निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पनि थप गरिएको समय अर्थात १२१ औँ मिनेटमा एलेक्सिसले गोल गर्दै इन्टर मिलानलाई च्याम्पियन बनाएका छन् ।



































