काठमाडौँ  / खेलाडीमा कोरोना भाइरसको आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश –१ बीचको खेल स्थगित भएको छ ।

प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा टियु क्रिकेट मैदानमा आज दुबै टिम बीच खेल तय भएको थियो ।

OM Sai Pathibhara Hospital

तर, प्रदेश –१ का खेलाडीमा कोरोनाको आशंका गरिएपछि खेल होल्डमा राखिएको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ ।

एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई २ रनले पराजित गरेको थियो ।

दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको पुलिसले तेस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ८९ रनको सहज जित निकालेको थियो ।

पहिलो खेलमा कर्णाली प्रदेशसँग ३१ रनले हारेको प्रदेश -१ ले दोस्रो खेलमा पानीका कारण मैदान चिसो भएर खेल हुन नसक्दा आर्मीसँग अङ्क बाँडेको थियो ।

आजको दोस्रो खेल भने निर्धारित समयमै हुनेछ ।